२९ चैत, काठमाडौँ । नेपाल सुपर लिगका लागि ललितपुर सिटी एफसीले विदेशी खेलाडीलाई टिममा अनुबन्धित गरेको छ । ललितपुरको टिमले क्रोएसियका सेन्टर फरवार्ड खेलाडी भिलिम पोनिस्कोभिकलाई अनुबन्धित गरेको हो । उनी प्रतियोगिताको लागि नेपाल आइपुगी सकेका छन ।
भिलिमले पछिल्लो समय बोस्निया हर्जगोभिनाको शीर्ष डिभिजनको लिग खेलेका थिए । लेफ्ट विङ्गरको रुपमा खेल्ने भिलिमको आगमनले ललितपुर सिटीको फरवार्ड लाईन अझ बलियो देखिएको छ ।
नेपाली राष्ट्रिय टिमबाट खेलीसकेका अन्जन विष्ट ललितपुर सिटीका मार्की खेलाडीको रुपमा रहेका छन ‘ए’ डिभिजन क्लब थ्री स्टारको नेतृत्व गरिसकेका प्रदिप हुमागाई टिमकाे प्रशिक्षकका रूपमा नियुक्त भईसकेका छन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिता बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ७ टिमहरु सहभागीता जनाउने छन । प्रतियोगिताको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
वि.सं.२०७७ चैत २९ आइतवार १६:०६ मा प्रकाशित

























