२९ चैत्र, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई क्युआर कोड सेवा उपलब्ध गराएको छ ।
बैंकको बिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरु खुसी भएका छन् ।
नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बैैंकको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्यूआर कोड हस्तान्तरण गरे ।
यो व्यवस्थासँगै अब धनगढीका रिक्सामा यात्रुहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत भाडा रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन । नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैंकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको बैंकले जनाएको छ ।
वि.सं.२०७७ चैत २९ आइतवार १६:०१ मा प्रकाशित




























