back
CTIZAN AD

तपाईको आज सोमबारको राशिफल भन्छ– आज यी ६ राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७७ चैत ३० सोमवार

696 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ । रोकिएको काम बन्नेछ र मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा आयस्रोत बढाउन सकिनेछ । नयाँ तथा नियमित काम सम्पादन गर्ने समय छ । व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्य हुनेछ । तर मध्याह्नदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । सोखले फजुल खर्च पनि बढाउनेछ । आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मध्याह्नदेखि खर्चिलो कामतर्फ आकर्षित भइनेछ। व्यवसायमा भने फाइदै हुनेछ । कर्मयोगले मानसम्मान पनि दिलाउनेछ । तर पहिलेका काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ । नयाँ अवसर हातपार्न केही समय लाग्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मध्याह्नदेखि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आँटले काम पूरा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ । गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला । श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । खर्च बढ्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने समय छ । मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ । वादविवादमा अघि नसर्नुहोला । परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ । सहयोगीहरूले साथ दिनेछन् र व्यवसायमा सामान्य फाइदा पनि हुनेछ । सोचेको लाभ भने नहुन सक्छ । मध्याह्नपछि स्थितिमा सुधार आउनेछ । प्रतिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विभिन्न अवसर पनि प्राप्त हुनेछन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला । समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ । मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ । नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि नियमित काम सम्पादन हुनेछन् । मध्याह्नदेखि आफन्तहरू टाढिन सक्छन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ । प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ । व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले राम्रै फाइदा दिलाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मध्याह्नदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ, सजग रहनुहोला ।

२०७७ चैत ३० गते, सोमवार, (१२ अप्रिल २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (आइतवार) को राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७७ चैत ३० सोमवार ०७:४७ मा प्रकाशित