
२९ चैत, काठमानडौँ । अन्ततः जनता समाजवादी पार्टी पनि नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री विरुद्धको मोर्चामा उभिने भएको छ ।
बिहिबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न राखेको प्रस्तावमामाथि पार्टीभित्र आन्तरिक छलफल गर्नुपर्ने भन्दै निस्किएको जसपाले अन्तत वर्तमान सरकार विरुद्ध नयाँ सरकार गठनका लागि छलफल सुरु गरेको हो ।
गत हप्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा नेकपा माओवादी केन्द्र र जसपा नेताहरुको बैठक राखेर आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि सहयोग मागेका थिए ।
आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन् ।
बैठकपछि अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको बताउँदै छलफल अघि बढिरहेको जानकारी दिए ।
वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको विषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् ।
File Pic