back
CTIZAN AD

अन्ततः जसपा पनि प्रधानमन्त्री विरुद्धको मोर्चामा

वि.सं.२०७७ चैत २९ आइतवार

717 

shares

२९ चैत, काठमानडौँ । अन्ततः जनता समाजवादी पार्टी पनि नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री विरुद्धको मोर्चामा उभिने भएको छ ।

बिहिबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न राखेको प्रस्तावमामाथि पार्टीभित्र आन्तरिक छलफल गर्नुपर्ने भन्दै निस्किएको जसपाले अन्तत वर्तमान सरकार विरुद्ध नयाँ सरकार गठनका लागि छलफल सुरु गरेको हो ।

गत हप्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा नेकपा माओवादी केन्द्र र जसपा नेताहरुको बैठक राखेर आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि सहयोग मागेका थिए ।

आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन् ।
बैठकपछि अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको बताउँदै छलफल अघि बढिरहेको जानकारी दिए ।

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको विषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् ।

File Pic

 

वि.सं.२०७७ चैत २९ आइतवार १९:३३ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...