back
CTIZAN AD

सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनद्धारा भक्तपुरका डोजोलाई खेल सामाग्री प्रदान

वि.सं.२०७७ चैत ३० सोमवार

714 

shares

चैत ३०, काठमाडौं ।  नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले भक्तपुरका १६ तेक्वान्दो डोजाङलाई व्यक्तिगत रुपमा खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेका छन् ।

प्रत्येक डोजाङलाई एक सेट चेस्ट प्याड, एक सेट हेड गार्ड, एक सेट ग्रोइन गार्ड र दुई थान किक प्याड प्रदान गरे । प्रत्येक डोजाङलाई ११ हजार २ सयका दरले जम्मा १ लाख ७९ हजार २ सय रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको थियो ।

महर्जनले केहि दिनअघि काठमाडौंका ४५ डोजाङलाई ११ हजार २ सयका दरले कुल ५ लाख ४ हजार रुपैयाँ मुल्य बराबरको सामाग्री प्रदान गरेका थिए ।

वि.सं.२०७७ चैत ३० सोमवार १०:५४ मा प्रकाशित