३१ चैत, काठमाडौँ । पंजाब किंग्स र राजिस्थान रोयल्स बिच भएको रोमाञ्चक खेलमा पंजाब किंग्सले ४ रनले जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको पंजाब किंग्सले २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो । पंजाब किंग्सका लागि कप्तान केएल राहुलले सर्वाधिक ९१ रन बनाएका थिए । त्यसैगरी क्रिस गेलले ४० र दिपक हुड्डाले ६४ रनको विस्फोटक पारी खेलेका थिए । राजिस्थानका लागि बलिङ्गमा भने चेतन सकारियाले उत्कृष्ट प्रदर्शन गदैँ सर्वाधिक ३ विकेट हात पारेका थिए ।
२२२ रनको विशाल लक्ष्य पछाएको राजिस्थानले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्र बनाउन सक्यो । राजिस्थान रोयल्सका लागि कप्तान संजु श्यामसनले सतकीय पारी खेलेका थिए । उनी ६३ बलमा ११९ रन बनाएर आउट भएका थिए । २०२१ को आईपिएलमा सतक बनाउने उनी पहिलो खेलाडी बेनका छन । उनको आईपिएलका यो तेस्रो सतक थियो । आईपिएलमा कप्तानका रुपमा पनि पहिलो खेलमै सतक बनाउने उनी पहिलो खेलाडी बनेका छन । बलिङ्गमा पंजाबका लागि अर्शदीप सिंहले सर्वाधिक ३ विकेट लिएका थिए ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १०:१२ मा प्रकाशित
























