
३१ चैत्र, काठमाडौं । आन्तरिक राजस्व विभागमा चालु आवको आयकरको दोस्रो किस्ता बापतको रकम बुझाउने आज अन्तिम दिन रहेको छ । आयकरमा लाग्ने करको दोस्रो किस्ता बापतको कर रकम दाखिला गर्ने आज अन्तिम दिन चैत ३१ गते चैत मसान्त हो ।
विभागले चालु आर्थिाक वर्षको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गर्दै सूचना प्रकाशित गरेको छ ।
विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न पनि आग्रह गरेको छ । विभागले एक सुचना जारी गदै चैत मसान्तसम्म दोस्रो किस्ताबापतको कर नबुझाएमा ब्याज सहित जरिवना लाग्ने समेत उल्लेख गरेको छ।