back
CTIZAN AD

एनएसएलको खेलतालिका सार्वजनिक पहिलो खेल काठमाडौं र ललितपुर बिच

वि.सं.२०७७ चैत ३१ मंगलवार

603 

shares

३१ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को पहिलो खेल काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बिच हुने भएको छ । कुल ७ फ्रेन्चाइज टिम बिच प्रतिस्पर्धा हुने प्रतियोगिता अब जेठ १ सम्म हुने भएको छ । यसअघि बैशाख २५  सम्म हुने भनिएको खेलको  तालिका सार्वजनिक गरि जेठ १ सम्म लम्ब्याईएको छ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिगले फुटबल खेल प्रेमि र खेलाडीमा  हौसला प्रदान गरेको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले सोमबार खेलतालिका सार्वजनिक गर्दै एनएसएल २०७८ वैशाख ११ देखि जेठ १ गतेसम्म हुने जनाएको छ ।

राउण्ड रोविन लिगमा हुनेखेलमा कुल सात टिम काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् । पहिलो खेल राष्ट्रिय टिमका गोलकिपर विकेश कुथुको कप्तानिमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानिमा रहेको ललितपुर बिच दशरथ रंगशालामा हुने छ ।

लिग चरणका खेल सम्पन्न भएपछि लिगको पहिलो र दोस्रो हुने टिमबीच प्लेअफ हुनेछ । त्यसको विजेता फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुनेबीच अर्को प्लेअफ हुनेछ र त्यस खेलको विजेताले पहिलो प्लेअफको पराजित हुनेसंग फाइनल पुग्नका लागि खेल्नेछ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार ११:३२ मा प्रकाशित