back
CTIZAN AD

स्याङ्गजाका प्रतिष्ठित हेडसरको निधन

वि.सं.२०७७ चैत ३१ मंगलवार

1.1K 

shares

३१ चैत्र, काठमाडौँ ।  Tribute : स्याङ्गजा जिल्लाका प्रतिष्ठित प्रधानाध्यापक पिताम्बर भटराईको निधन भएको छ ।

गण्डकी प्रदेश स्याङ्गजा जिल्लाको मिर्मी क्षेत्रलाई मुख्य थलो बनाएर स्याङ्गजाको शैक्षिक आन्दोलनमा महत्वपूर्ण योगदान पुयाएका पिताम्बर भटराईको ६३ बर्षको उमेरमा मंगलवार बिहान सुमेरु अस्पताल ललितपुरमा निधन भएको हो ।

भगवती उच्च मा वि स्थापना गरी लामो समय प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका भटराईले मिर्मी बहुमुखि क्याम्पसको प्रमुख भै काम समेत गरेका थिए । शिक्षालाई व्यवहारीक र जनउपयोगी बनाउने सोचमा सक्रिय उनले तत्कालीन नेकपा माले, एमाले एवं बामपन्थी मान्यतामार्फत समाज रुपान्तरणमा योगदान गरेका थिए ।

केहि बर्ष देखी मृगौला रोगबाट पीडीत भटराईको काठमाण्डौ र भारतमा समेत उपचार गरिंदै आएको थियो । उनको पार्थीव शरीर अस्पतालबाट उनकै गाउ मिर्मी लगिएको छ ।

उनको निधनमा स्याङ्गजाका बिभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, सामाजिक अभियन्ता तथा शिक्षा क्षेत्रका ब्यक्तिहरुले श्रद्धान्जली अर्पण गरीरहेका छन । स्व भटराईका २ छोरा जनक र अमृत, छोरी रेनु भटराई तथा धर्मपत्नी भीम कुमारी (तारा) भटराई रहेका छन् ।

 

 

वि.सं.२०७७ चैत ३१ मंगलवार ११:३६ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...