
३१ चैत्र, काठमाडौँ । Tribute : स्याङ्गजा जिल्लाका प्रतिष्ठित प्रधानाध्यापक पिताम्बर भटराईको निधन भएको छ ।
गण्डकी प्रदेश स्याङ्गजा जिल्लाको मिर्मी क्षेत्रलाई मुख्य थलो बनाएर स्याङ्गजाको शैक्षिक आन्दोलनमा महत्वपूर्ण योगदान पुयाएका पिताम्बर भटराईको ६३ बर्षको उमेरमा मंगलवार बिहान सुमेरु अस्पताल ललितपुरमा निधन भएको हो ।
भगवती उच्च मा वि स्थापना गरी लामो समय प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका भटराईले मिर्मी बहुमुखि क्याम्पसको प्रमुख भै काम समेत गरेका थिए । शिक्षालाई व्यवहारीक र जनउपयोगी बनाउने सोचमा सक्रिय उनले तत्कालीन नेकपा माले, एमाले एवं बामपन्थी मान्यतामार्फत समाज रुपान्तरणमा योगदान गरेका थिए ।
केहि बर्ष देखी मृगौला रोगबाट पीडीत भटराईको काठमाण्डौ र भारतमा समेत उपचार गरिंदै आएको थियो । उनको पार्थीव शरीर अस्पतालबाट उनकै गाउ मिर्मी लगिएको छ ।
उनको निधनमा स्याङ्गजाका बिभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, सामाजिक अभियन्ता तथा शिक्षा क्षेत्रका ब्यक्तिहरुले श्रद्धान्जली अर्पण गरीरहेका छन । स्व भटराईका २ छोरा जनक र अमृत, छोरी रेनु भटराई तथा धर्मपत्नी भीम कुमारी (तारा) भटराई रहेका छन् ।