back
CTIZAN AD

चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्दो

वि.सं.२०७७ चैत ३१ मंगलवार

690 

shares

३१ चैत, उदयपुर । यसपटकको चैत महिनामा लगाइने चैते धानखेती गत वर्षको भन्दा बढी विस्तार भएर एक हजार ५५५ हेक्टर क्षेत्र जग्गामा विस्तार भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो भने यसपटक वृद्धि भएर एक हजार ५५५ हेक्टर क्षेत्रफल जग्गामा चैते धानखेती विस्तार भएको छ ।

यसपटक जिल्लाको आठ पालिकामध्ये सबैभन्दा बढी चैते धानखेती त्रियुगा नगरपालिकाको भुल्के, साउने, खाँबु, पोर्ताह, लक्ष्मीपुर, कालीखोला, जोगिदह, श्रीपुर, मोहनपुर, लालपतालगायतका क्षेत्रमा बढी चैते धान विस्तार भएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका कृषि प्राविधिक अधिकृत अम्बिका भट्टराईले बताइन् । कटारी नगरपालिकाको रिस्कु, सोमबारे, मरुवासहित बेलका नगरपालिकाको रातापानी, लालसिसुवा, सेतीखोला क्षेत्रमा चैते धानखेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर, बसाहा क्षेत्रसहित पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको मुर्कची, पुवाँरे, भुटार, आपटार क्षेत्रमा चैते धानखेती विस्तार भएको छ ।

यसैगरी उदयपुरगढीको भलायाडाँडा, डुम्रे, दनुवारबेँसीसहित लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लिछा, बासबोटे क्षेत्रमा समेत यसपटक खेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ । खोलानाला, नदी किनार क्षेत्रको सिँचाइ पुग्ने खेतसहित सिमखेतमा धानखेती हुने गरेको र वर्षेनी विस्तार हुँदै गएको ज्ञान केन्द्र उदयपुरका प्रमुख प्रकाश विश्वकर्माले बताए । उनका अनुसार चार वर्षअघिसम्म जिल्लामा ५०० देखि ७०० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको भए पनि अहिले कृषक यसतर्फ आकर्षित भएसँगै एक हजार ५५५ हेक्टरमा खेती विस्तार भएको छ ।
रासस

वि.सं.२०७७ चैत ३१ मंगलवार ११:४७ मा प्रकाशित

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

इलाम । माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै...

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण...

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे...

योजना अधिकृत हमालको लेक लागेर मृत्यु

योजना अधिकृत हमालको लेक लागेर मृत्यु

ताप्लेजुङ । समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको...

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न...

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

झापा । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका...