back
CTIZAN AD

नयाँ वर्षमा नेपाल टेलिकमको स्प्रिङ अफर, २९९ मा १४ जीबी डाटा दिँदै

वि.सं.२०७७ चैत ३१ मंगलवार

717 

shares

३१ चैत्र, काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिने छन् । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको टेलिकमको भनाइ छ ।

नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा रु.२९९ मा उपलब्ध गराइएको छ ।

उक्त स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४ सै घण्टा प्रयोग गर्न सकिनेछ ।

साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी रु.३० को अर्को अफर पनि थप गरिएको छ । यो अफर २४ सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ ।

जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा रु.२८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसैगरी, डाटा प्याक अन्तर्गत नै जम्मा ९५ मा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिनेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार ११:५३ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...