३१ चैत, काठमाडौं । नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले नयाँ वर्षको अवसर पारेर देश तथा विदेशमा रहने नेपालीहरुका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार प्रधानमन्त्री ओलीले भोलि बैशाख १ गते नया बर्षको दिन पारेर विहान ८ बजे सम्बोधन गर्ने तयारी रहेको छ । उनले भने, ‘ नयाँ वर्षको शुभकामना दिने उद्देश्यले प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’।
वि.सं.२०७७ चैत ३१ मंगलवार १२:०२ मा प्रकाशित






























