१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोभिडको संक्रमण बढी रहेको भएपनि सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सकेसम्म साबधानि अपनाएर भएपनि बन्द गर्ने पक्षमा सरकार नरहेको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।
प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।
वि.सं.२०७८ वैशाख १ बुधवार १०:२८ मा प्रकाशित






























