१ वैशाख । भारतमा एकैदिनमा १ लाख ८५ हजार भन्दा बढि कोरोना भाइरसबाट संक्रमित भएका छन । मंगलबार भारतमा १ लाख ८५ हजार २ सय ४८ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन जो एकैदिनमा अहिलेसम्म भेटिएको सबै भन्दा धेरै हो । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेका संख्या १ करोड ३८ लाख ७३ हजार ८ सय ८५ पुगेको छ ।
त्यसैगरि मंगलबार नै भारतमा कोरोना संक्रमणबाट १ हजार २६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या १ लाख ७२ हजार १ सय १५ पुगेको छ ।
भारतमा अहिले पनि १३ लाख ६५ हजार ६ सय ७४ जना संक्रमित अवस्थामै रहेका छन भने १ करोड २३ लाख ३६ हजार ३६ जना संक्रमण मुक्त भएका छन ।
वि.सं.२०७८ वैशाख १ बुधवार १०:४२ मा प्रकाशित





























