१ वैशाख, काठमाडौं । एनसेल आजियाटाले नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्नेछन् ।
यो योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागू हुनेछ । ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत्र ३१ गते मङ्गलबार देखि संचालनमा आएको छ ।
५० रुपैयाँभन्दा माथिको रिचार्जमा उक्त डेटा प्याक प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिनदेखि १ दिनसम्मका विभिन्न डेटा प्याकमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन् ।
वि.सं.२०७८ वैशाख १ बुधवार १०:४४ मा प्रकाशित






























