back
CTIZAN AD

नव वर्षको आगमन संगै सगरमाथा इन्स्योरेन्सको सगरमाथा आरोग्य स्वास्थ्य बीमालेख

वि.सं.२०७८ वैशाख १ बुधवार

654 

shares

१ वैशााख, काठमाडौं । नेपालको बीमाबजारमाइनोभेटिभ प्रडक्टहरु प्रचलनमा ल्याउंदै आएको सगरमाथाइन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स डिजिटल्ली कार्यक्रमको सफलता पश्चात नेपाली बीमाबजारलाई ध्यानमा राखेर नववर्ष २०७८को शुरुवात संगै सगरमाथा आरोग्य स्वास्थ्यबीमालेख बजारमा ल्याएको छ ।

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले होटल क्राउन ईम्पेरियर ,रविभवन, काठमाण्डौमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा सगरमाथा आरोग्य स्वास्थ्य बीमालेखको उद्घाटन गरेकाछन् । उद्घाटन पश्चात मनतब्यको क्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले यस प्रकारका इनोभेटिभ बीमालेखहरु ल्याएर सेवाबिस्तार गर्ने कार्यका लागी कम्पनीलाई धन्यवाद दिदै बीमालेखलाई डिजिटल माध्यामबाट खरिद गर्न सक्ने गरी निर्माण गरिएकोमा सोको सरहाना गर्दै प्रचलित ऐन,कानुन र बीमा समितिका निर्देशनहरुको पालना गर्दै संस्थागत स’शासनकायम राखेर बीमागर्न स’झाव दिए ।

उनले आफुले अध्ययनबाट समग्र बीमा क्षेत्रमा बीमाकम्पनीहरुले बीमा समितिको निर्देशन एवं प्रचलित ऐनले निर्धारण गरेको शर्त भन्दा बाहिर गई मुख्यतया घ वटाकुराहरु उदारो बीमागर्ने, तोकिएको दररेट भन्दा घटी दर रेटमा बीमागर्ने र बीमा दावीभुक्तानीमा ढिलासुस्ती गर्ने जस्ता कमजोरी रहेको देखेको हुंदा सोलाई सुधार गरी संस्थागत सुशासनको मर्म बमोजिम बीमाकारोवार गर्न बीमाकम्पनीहरुलाई र्निर्देशन दिए ।

त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले कम्पनीले बीमादावी भुक्तानीलाई कम्पनीको सफलताको प्रमुखआधार बनाएर कामगर्न, र संस्थागत स’शासनकायम गरी बीमा सेवाप्रभाह गर्न ब्यवस्थापनलाई निर्देशन दिएको बताए । यस बीमालेखबाट सबै वर्गका मानिसहरुले लाभ लिन सक्ने गरी एउटै बीमालेखबाट ३ प्रकारको जोखिमहरुको सुरक्षण गरिएको जानकारी दिंदै अव दुर्घटना, औषधोपचार बीमा र घातक रोगको बीमाकालागी बेग्ला बेग्लै बीमालेख लिनु पर्ने अवस्थाको अन्त्यभई एउटै बीमालेख लिएपुग्ने गरी बमिालेख उत्पादन गरिएको जानकारी गराए ।

आगामी दिनमापनि नेपालीबजारको अध्ययन गरी आवस्यकताको पहिचान गरेर सोहि आधारमा नया बीमालेख उत्पादन गर्ने प्रतिबद्धता व्यतm गरे ।उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजू रमण पौडेलले सगरमाथा इन्स्योरेन्सले संस्थागत सुशासनकायम राख्दै बीमा क्षेत्रको बिकास र बिस्तारमा सक्षम बीमाकम्पनीको रुपमा स्थापित गर्न सगरमाथा इन्स्योरेन्स सफल रहेको बताए ।

उक्त अवसरमा कम्पनीका नायव प्रमुखकार्यकारी अधिकृत श्रवण रावलले सगरमाथा आरोग्य स्वास्थ्य बीमालेखको बिशेषताका बारेमा जानकारी गराउनुहुंदै यस बीमालेखमा दुर्घटना बीमाका अतिरिक्त औषधोपचार बीमा र गहनप्रकृतीका घातक रोगहरुको जोखिम एउटै बीमालेखले सुरक्षण गर्ने गरी बीमालेख तयार गरिएको, जानकारी गराउनुभयो । जस अन्तर्गत ब्यक्तीगत दुर्घटना बीमातर्फ ७ लाख देखी १० लाख सम्म,स्वाथ्य औषधोपचारतर्फ १ लाख देखी २ लाख सम्म र गम्भिर प्रकृतिका १८ वटा रोगकालागी १ लाख देखी १० लाख सम्मको जोखिम बहन हुने जानकारी दिए ।

साथै यस बीमालेखले बिपन्नवर्गका ब्यक्तीहरुको स्वास्थ्य क्षेत्रमा आउन सक्ने आर्थिक चुनौतीकालागी बढी फलदायी हुने किसिमबाट सबै वर्गका ब्यक्तीहरुलाई लक्षित गरी बीमालेखमा जोखिमहरु समावेस गरिएको बताए ।

वि.सं.२०७८ वैशाख १ बुधवार १०:२६ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...