back
CTIZAN AD

आज विराट र वार्नरको टिम भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग ११

वि.सं.२०७८ वैशाख १ बुधवार

627 

shares

१ वैशाख, काठमाडौँ । आईपिएलको छैठौँ खेलमा आज विराट कोहलीको कप्तानीमा रहेका रोयल च्यालेन्जर्स बेङ्गलोर र डेविड वार्नरको कप्तानीमा रहेका सनराईजर्स हैदरावाद भिड्न गईरहेका छन ।

रोयल च्यालेन्जर्स बेङ्गलोरले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गदैँ पहिलो खलबाट २ बटुलेको छ भने सुनराईजर्स हैदरावाद आफ्नो पहिलो खेलमा कोलकत्ता नाईट राइडर्ससँग १० रनले पराजित भएको थियो । यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म १८ खेल भएको छ जसमा हैदरावादले १० खेलमा जित हासिल गरेका छ भने बेङ्गलोरले ७ खेलमा जित हासिल गरेका छ । यी दुई टिम बिच भएको १ खेल भने नतिजा बिहिन रहेको छ ।

बेङ्गलोरका लागि ओपनिङ्ग ब्याट्सम्यान देवदत्त पाडिक्कल र हैदरावादका लागि पनि अलराउण्डर हेशन होल्डर उपलब्ध रहने छन ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

बेङ्गलोरको सम्भावित प्लेइङ्ग-११
विराट कोहली, देवदत्त पादक्कल, रजत पाटीदार, ग्लेन म्याक्सवेल, एबी डि भिलियर्स, वाशिंगटन सुन्दर, डेनियल क्रिश्चियन, काइल जैमीसन, हर्षल पटेल, मोहम्मद सिराज, युजवेंद्र चहल

हैदरावादको सम्भावित प्लेइङ्ग-११
डेभिड वार्नर, रिद्धिमान साह, मनीष पाण्डे, जोनी बेयरस्टो, जेसन होल्डर मोहम्मद नबी, विजय शंकर, अब्दुल समद, रशीद खान, भुवनेश्वर कुमार, शाहबाज नदीम सन्दीप शर्मा, टी नटराजन

वि.सं.२०७८ वैशाख १ बुधवार १४:०४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...