back
CTIZAN AD

संकटमा मुख्यमन्त्री गुरुङ, जनमोर्चा पनि उभियो विपक्षमा

वि.सं.२०७८ वैशाख १ बुधवार

702 

shares

वैशाख १, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने निश्चित भएको छ । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको सरकार ढल्ने निश्चित भएको हो ।

जनमोर्चाले समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याउने तयारीसमेत थालेका छन् । जहाँ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को समिकरणसमेत बनिसकेको छ । समर्थन फिर्ता लिएको जनमोर्चाले ओली पक्ष प्रतिगमनकारी भएको निष्कर्ष निकाल्दै अन्य पक्षलाई सहयोग गर्ने बताएको छ ।

गत बुधबार माओवादीका दुई मन्त्रीले सरकार गलत दिशातर्फ गएको भन्दै राजीनामा दिएका थिए । माओवादी पक्ष सरकारबाट बाहिरिएसँगै गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तर, माओवादीले समर्थन फिर्ता लिएलगत्तै राष्ट्रिय जनमाेर्चाले सरकार हेरफेरकाे काममा नलाग्ने भन्दै सहयाेग गर्ने बताएकाे थियाे ।

तत्कालिन नेकपामा विभाजन आउँदा अल्पमतमा परेको देखिए पनि मुख्यमन्त्री गुरुङविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएको थिएन । केन्द्रमा विभाजन आउँदा पनि माओवादी समूहले गुरुङलाई सहयोग गर्दै आएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेसँग एक्लै २८ सांसद छन् । तर, बहुमत पु¥याउन अन्य दलको सहयोग भने लिनुपर्ने हुन्छ । दुई सांसद भएको जसपा वा तीन सांसद भएको जनमोर्चाको सहयोग लिएमा सरकार टिक्ने सम्भावना हुन्छ ।

तर, दुवै दलले सार्वजनिक रुपमै एमालेलाई सहयोग नगर्ने बताईसकेका छन् । अब प्रदेशमा १५ सांसद भएको कांग्रेस र १२ सांसद भएको माओवादी केन्द्रसहित अन्य साना दलसमेत मिलेर सरकार बन्ने सम्भावना छ ।

वि.सं.२०७८ वैशाख १ बुधवार १४:०५ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...