back
CTIZAN AD

सेक्सपियरको सम्झनामा कविता वाचन

वि.सं.२०७८ वैशाख १ बुधवार

759 

shares

१ बैशाख, काठमाडौँ । “सेक्सपियरको आँगन”, यात्रा–निवन्धसङ्ग्रह हो । यसको शीर्षकबाट नै यो यात्रा इङ्ल्यान्डको हो भन्ने अनुमान गर्न सकिन्छ । किनभने सेक्सपियर विश्वका एक महान साहित्यकार हुन् जसको जन्म इङ्ल्यान्डस्थित हेनले स्ट्रिट स्टार्टफोर्ड अपन एभन वरविकसायरमा भएको थियो । उनकै घर आँगनको तस्वीर पुस्तकको आवरण पृष्ठमा सजाइएको छ ।

साहित्यकार विनोद साधकका यसअघि अनुभूति कथा सङ्ग्रह, अल्झिएको मन गीत, कविता सङ्ग्रह र मुक्तियात्रा यात्रा–निवन्ध सङ्ग्रह जस्ता पुस्तकहरु प्रकाशन भइसकेका छन् । यो पुस्तक उनका चौथो साहित्य कृति हो । वि.सं. २०१२ मा जन्मेका साधक पूर्णकालीन समय बिताएर नोकरीबाट अवकाश भएका छ भने विगत २२ वर्षदेखि नमूना मच्छिन्द्र क्याम्पस, लगनखेल, ललितपुरमा अध्यापन गर्दै आएका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनाचार्य एमपिए सम्मको शिक्षा हासिल गरेका छन् ।

सृजनशील स्वभाव भएका साधकमा नोकरी, समाजसेवा, अध्यात्म चिन्तन, नेपाली साहित्य तथा अध्यापनतर्फ अनुभव छ । आकर्षक आवरणपृष्ठ तथा पुस्तकभित्र रहेका भ्रमणका रङ्गीन तस्वीरहरुले पुस्तकलाई सुन्दर बनाइदिएको छ । पुस्तकलाई चार भागमा विभाजन गरिएको छ ।

पहिलो भागमा संयुक्त अधिराज्य युकेको परिचय, साधक दम्पतीको पहिलो र दोस्रो लन्डन यात्रासँग सम्बन्धित लेखहरु छन् ।
दोस्रो भागमा भ्रमण गरिएको पैंतीस वटा ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा राम्रो जानकारी पाइन्छ । बकिङघम प्यालेस जहाँ हालका महारानी एलिजाबेथ द्वितीया रहन्छिन्। विन्डसर कासल किला, यो इङ्ल्यान्डको वर्कसायर काउन्टीको विन्डसर नाम भएको स्थानस्थित एक शाही किला दरबार हो । यी लगायत इङ्ल्यान्डका सुप्रसिद्ध स्थानहरु, पार्क, विद्यालय, हिन्दु मठमन्दिर, बजार, सडक, नेपाली चाडपर्वको विदेशमा महत्वका बारेमा साधकले मिहिन तरिकाले वर्णन गरेका,छन् ।

यस सङ्ग्रहमा साधकले सेक्सपियरको सम्झनामा उनकै आँगनमा वाचन गरेका कविता पनि समावेश गरेका छन्। पुस्तकभित्र पारिवारिक र इष्टमित्र, नातेदारका गतिविधिलाई ठाउँठाउँमा समेटेर यात्रा स्मरणलाई भिन्न शैलीमा प्रस्तुत गर्न खोजेको देखिन्छ । समग्रमा “सेक्सपियरको आँगन” नामक यात्रा–निवन्धसङ्ग्रह पुस्तक निकै सूचनामूलक, पठनीय र सङ्ग्रहणीय छ । पुस्तकको मूल्य रु ३००।– राखिए पनि पुस्तकको गुणस्तर, तस्वीरहरुले मूल्यलाई न्याय गरेको पाइन्छ  ।

कृतिः सेक्सपियरको आँगन
विधा ः यात्रा–निवन्ध सङ्ग्रह
लेखक ः विनोद साधक
मूल्य ः रु.३००।–
जम्मा पृष्ठ ः १२४
प्रकाशक ः विराटसिंह खडका
मुद्रण ः राजमति प्रेस, ललितपुर
रासस

वि.सं.२०७८ वैशाख १ बुधवार १४:१४ मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...