![लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस नेतृत्वमा सरकार : प्रकाशमान सिंह लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस नेतृत्वमा सरकार : प्रकाशमान सिंह](https://sansarnews.com/wp-content/uploads/2021/01/prakashman-sing.jpg)
१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कारण संविधान र लोकतन्त्र नै मास्ने खतरा बढेकाले कांग्रेसले विकल्प दिनु पर्ने बताए ।
नयाँ वर्षको अवसरमा बुधबार कांग्रेस चितवन खैरहनी नगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले ओली सरकारले देशलाई संकटमा लगेकाले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताए । ‘ यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक र राजनीतिक तवरले प्रधानमन्त्री पदमा बस्ने वैधानिकता गुमाइसकेका छन्। उनले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भने।
उनले कांग्रेसले मात्र देश र जनताको अधिकारको सुनिस्चीतता गर्ने भएकाले लोकतन्त्र जोगाउनका लागि भएपनि कांग्रेसले आफुलाई थप सुदृण गर्दै लग्नु पर्ने बताए । हालको अवस्थालाई मध्यनजर गर्दै देश र जनतालाई संकट पर्दा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए ।
वि.सं.२०७८ वैशाख १ बुधवार १४:२२ मा प्रकाशित