back
CTIZAN AD

लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस नेतृत्वमा सरकार : प्रकाशमान सिंह

वि.सं.२०७८ वैशाख १ बुधवार

639 

shares

१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कारण संविधान र लोकतन्त्र नै मास्ने खतरा बढेकाले कांग्रेसले विकल्प दिनु पर्ने बताए ।

नयाँ वर्षको अवसरमा बुधबार कांग्रेस चितवन खैरहनी नगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले ओली सरकारले देशलाई संकटमा लगेकाले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताए । ‘ यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक र राजनीतिक तवरले प्रधानमन्त्री पदमा बस्ने वैधानिकता गुमाइसकेका छन्। उनले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भने।

उनले कांग्रेसले मात्र देश र जनताको अधिकारको सुनिस्चीतता गर्ने भएकाले लोकतन्त्र जोगाउनका लागि भएपनि कांग्रेसले आफुलाई थप सुदृण गर्दै लग्नु पर्ने बताए । हालको अवस्थालाई मध्यनजर गर्दै देश र जनतालाई संकट पर्दा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए ।

वि.सं.२०७८ वैशाख १ बुधवार १४:२२ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...