२ बैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङ संकटमा पुगेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच अविश्वासको प्रस्ताव दर्ता गर्ने तथा जनता समाजवादी र राष्ट्रिय जनमोर्चा पनि विपक्षमा गएपछि मुख्यमन्त्री गुरुङ संकटमा परेका हुन् ।
सरकार ढाल्ने संभावना नै छैन भनेर बोलिरहेका मुख्यमन्त्री गुरुङको नाउँमा नेपाली कांग्रेसले संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीलाई अघि सारेको बुझिएको छ ।
अर्को कुनै घटनाक्रम नआए विहीबार १२ बजे भित्रै अविश्वासको प्रस्ताव दर्ता हुने बताइएको छ । गुरुङ अविश्वासबाट ढल्ने भएपछिको स्थितिलाई हेर्दा कांग्रेस, माओवादी केन्द्र र जसपा बीच मन्त्रालय बाँडफाँड सम्मको चर्चा चलिरहेको छ ।
उता राष्ट्रिय जनमोर्चा भने सरकारलाई अविश्वासको मत दिए पनि सरकारमा बस्ने बारे धारणा सार्वजनिक गरेका छैन ।
गण्डकी प्रदेशका ६० सदस्यमध्ये १ स्वतन्त्रको समर्थन सहित एमाले २८, कांग्रेस १५, माओवादी केन्द्र १२, जनमोर्चा ३ र जसपाको २ सांसद रहेका छन् ।
वि.सं.२०७८ वैशाख २ बिहीवार १०:१४ मा प्रकाशित






























