२ वैशाख, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरले २०२१ को आईपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ । बेङ्गलोरले आफ्नो दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएका थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा ग्लेन म्याक्सवेल सर्वाधिक ५९ रन बनाएका थिए । त्यसक्रममा उनले ३ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यसैगरी बेङ्गलोरका कप्तान विराट कोहली ३३, देवदत्त पाडिक्कल ११, शाहबाज अहमद १४ र काइल जैमीशन १२ रन बनाएर आउट भएका थिए । हैदरावादका लागि बलिङ्गमा भने जेशन होल्डरले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ३ विकेट हात पारेका थिए ।
बेङ्गलोरले दिएको १५० रनको समान्य लक्ष्य हैदरावादले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । हैदरावादको टिमले २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो । हैदरावादका लागि कप्तान डेविड वार्नरले ५४ रनको विस्फोटक पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । बेङ्गलोरका लागि बलिङ्ग तर्फ शाहबाज अहमदले ३, हर्षल पटेल र मोहम्मद सिराजले २/२ र काइल जैमीशनले १ विकेट लिएका थिए ।
जितसँगै बेङ्गलोर २ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
वि.सं.२०७८ वैशाख २ बिहीवार १०:१२ मा प्रकाशित



























