back
CTIZAN AD

कुमारी क्यापिटलको अनलाइन डिम्याट खाता तथा लगानी मेला २०७८

वि.सं.२०७८ वैशाख २ बिहीवार

681 

shares

२ वैशाख, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले नयाँ बर्ष २०७८ को अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

जसबाट नयाँ तथा पुरानो लगानीकर्ताहरुलाई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ति ब्यवस्थापन सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि निशुल्क सेवा संचालनमा ल्याएको छ ।अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ ।

लगानी मेलाबाट सर्वसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरी परामर्श सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । लगानीकर्ताहरूले यस संस्थाको लगानी विशेषज्ञहरूद्वारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन ।

साथै, अनलाइन मार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइटमा गई अनलाइन लिंकमा क्लिक गरेर अनलाइन डिम्याटमा गई सम्पुर्ण आवश्यक विवरण प्रबिष्ट गरि हितग्राही खाताको लागि एक पटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिने छ ।

कम्पनीका अनुसार यस लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरि निःशुल्क गरिएको छ । साथै, यस मेला मार्फत कुमारी क्यापिटलको लगानी ब्यवस्थापन सेवामा आवद्ध हुने सम्पुर्ण लगानीकर्ता लाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार ११:२१ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...