back

अमेरिकाले अफगानिस्तानबाट सबै सैनिक फिर्ता लैजाने

वि.सं.२०७८ वैशाख २ बिहीवार

378 

shares
GLOBAL IME AD
NTC AD

वैशाख २, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनले अफगानिस्ताबाट सबै अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा गरेका छन् । बुधबार ह्वाइट हाउसबाट टेलिभिजन सम्बोधन गर्दै उनले आगामी सेक्टेम्बर ११ भित्र सबै सैनिक फिर्ता लैजाने घोषणा गरेका हुन् ।

‘११ सेक्टेम्बर (२००१)को घटनाको २० वर्ष हुनुपूर्व अमेरिकी सैनिक नाटो (नार्थ अटलान्टिक ट्रीटी अर्गनाईजेशन)को देश र अन्य सहयोगी अफगानीस्तानसहित सबै देशबाट फिर्ता आउनेछन्’, टेलिभिजन सम्बोधनमा उनले भनेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानिस्तानबाट कुल २ हजार ५ सय अमेरिकी सैनिक फिर्ता आउनेछन् । जुन प्रक्रिया आगामी मई १ देखि सुरु हुनेछ ।

सन् २००१ को सेक्टेम्बर ११ मा न्यूयोर्कको वल्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमण भएको थियो । अलकायदामार्फत भएको उक्त आक्रमणपश्चात अमेरिकाले विभिन्न देशमा आफ्ना सैन्य तैनाथ गर्दै अलकायदाविरुद्व अप्रेसन छेडेको थियो । एजेन्सीकाे सहयाेगमा

वि.सं.२०७८ वैशाख २ बिहीवार १६:१४ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...