
२ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले ७ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य १ हजार १७५ रुपैयाँ कायम गरेको छ ।
नेप्सेले मंगलबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार २५७ रुपैयाँका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।