
गत जनवरी १४ तारिख २०१७ संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको डालास शहरमा सम्पन्न गैर आवासीय नेपाली ((गैआने) को पांचौं महाधिवेशनमा भाग लिने अवसर पाइयो ओरेगन च्याप्टरको उपाध्यक्षको हैसियतले । उक्त अधिवेशन फोर पोइन्ट शेराटन होटलमा सम्पन्न भएको थियो । नेपालीहरूको परम्परा नटुट्ने गरी उद्घाटन समारोह ९ः३० देखि १२ः३० सम्म राखिएको भएता पनि १ः३० सम्म चलिरहेकै थियो । दिनभर नै भाषण नै भाषणको वातावरण चले पनि बीच बीचमा अमेरिकन र नेपाली (विविधता बेगर) नाचहरू प्रस्तुत गरेर केही हदमा टिठलाग्दो भाषण नसुनी नहुने वातावरणको सृजना गरिएको थियो । २–३ मिनेट मात्र बोल्न पाउने व्यवस्था आधिकारीक रूपमा गरेपनि अवसर नछोड्ने प्रवृत्तिले पनि ग्रसीत थिए । यसलाई ‘नेपाली पन’ को पहिचानको रूपमा लिंदा अनुपयुक्त हुने छैन । कसैले चाखलाग्दो कुरा गरे, कसैले उही ड्याङको मूला जस्तो आफनै गन्थन मात्र सुनाए । यो वार्षिक अधिवेशन पनि राजनैतिक रुप दिनु हुंदैन भनिए तापनि भान्छाघरबाट निस्केको राजनैतिक सुवास पुरै हलमा फैलिएको थियो । झण्डा बेगरको राजनीतिले ओतप्रोत भएको छर्लङ्ग थियो । यसको खुलस्त मञ्चमा पुग्न नसकेका समूहले फलोर बाटै बोल्दाखेरीको क्षणलाई लिन सकिन्छ । सहभागीताको हिसाबले न्यूनतम रहेको यो अधिवेशन नेतृत्वको परामर्शमा निर्भर हुने कुरामा विश्वस्त छु । अब अर्को नेतृत्वको जुढाई कस्तो हुन्छ एक चासोको विषय अवस्य हुने छ । तर हालसम्म यो नारालाई नेपाली भित्र मात्र सीमित राख्ने जमर्को भने कायमै रहेको छ । पुरानो मदिरा नयां सिसीमा हालेर ढाक देखाउनेहरूको कमी थिएन । नयां दिशाको त कुरै नगरौं ।
डायस्पोराको सैधान्तिक स्रोत अनुसार आफनो देशमा जीउ ज्यानको जगेर्ना गर्न नसकेर दोस्रो या तेस्रो मृ्लुकमा बसाइ सरेर आआफनो पहिचान र परिचयलाई जोगाइ राख्नेहरूको समूहलाई लिने गरिन्छ । तर एनआरएनएको अधिवेशनमा डायस्पोरालाई हल्का रूपमा लिइएको छ । जस्ले गर्दा सबै नेपाली कतै ठूला बडाले जे भन्यो त्यसैको लहलहैमा लाग्ने हो भन्ने कुरा पुष्टी हुन्छ भन्ने कुरा नकार्न सकिंदैन । वर्तमान बसाई सराईका परिप्रेक्षमा नेपालीलाई डायस्पोराको पगरी पहिराउन मिल्दैन ।
दिनभरको कार्यक्रममा समयको पावन्दी भन्दा भन्दै बौल्नेले पीठो बिकाउने पनि प्रयास गरेरै छाडे । Stop Watch हातमा लिएर नियन्त्रण गर्न खोज्दा पनि केही लागेन । अन्यत्र भए समयको खुब ख्याल राखेर बोल्छन् । तर हाम्रोमा चाहिं जसको शक्ति उसैको भक्ती हुनेबाट शुरु हुने समय धेरै लाग्छ । सबैले शिष्टाचारको सम्बोधनमा ३० देखि ४५ सेकेण्ड प्रयोग गरे । यो नेपाली मोडल हो । सिधै विषय वस्तुमा जान कसैले खोजेन । २–३ मिनेटको तयारी स्वतः लम्बिने भयो । सहिष्णुता नहुनुको कारण के हो कसैले खोटलेर देखाउने प्रयास गरे जस्तो मलाई लागेन । अमेरिकामा बसेर अनेकौं गैर नेपाली कार्यक्रममा भाग लिएको भए पनि नेपालीहरूको कार्यक्रममा सकेसम्म चुक खाएरै छाड्ने प्रवृत्ति बोकेर आउंदो रहेछ भन्ने कुरामा विश्वास हुनुपर्ने नै देखिन्छ । यो हुनुको मुख्य कारण आयोजक वर्गको Last Minute मोलाइजा वा टाडिन नसक्ने हो । यस्तो संकीर्णता विदेशमा बस्ने नेपालीमा पनि रहेको छ भन्ने कुरामा पुष्टी हुन्छ । आफू भलो त जगत् भलो किन प्रसिद्ध भएको होला, सोच्ने बेला आएको छ । यस्को सुधार असम्भव होइन, तर समय धेरै लाग्छ ।
दिनभर भाषणै भाषणमा सकिने परम्परालाई समूह विभाजन गरी निक्र्यौल निकाल्ने वैज्ञानिक पद्धती भने कतै देखिएन । त्यसैले त Host Person को मातहतमा शहर चहार्न गईयो । किनभने सबै जना आफ्नो आफ्नो डम्फु बजाउन मात्र ब्यस्त थिए । सामूहिक मिलोमेतोको वातावरण कम थियो । अनी स्वतः नै स्वर ठूलो हुने भैहाल्छ ।
एउटा अत्यन्त घटलाग्दो विषय के हो भने डायम्पोराको भरमग्दूर प्रयोग । यो अंग्रेजी शब्दको नेपाली रुपान्तरण कसैले गर्न खोजेको देखिएन । डायस्पोराको सैधान्तिक स्रोत अनुसार आफनो देशमा जीउ ज्यानको जगेर्ना गर्न नसकेर दोस्रो या तेस्रो मृ्लुकमा बसाइ सरेर आआफनो पहिचान र परिचयलाई जोगाइ राख्नेहरूको समूहलाई लिने गरिन्छ । तर एनआरएनएको अधिवेशनमा डायस्पोरालाई हल्का रूपमा लिइएको छ । जस्ले गर्दा सबै नेपाली कतै ठूला बडाले जे भन्यो त्यसैको लहलहैमा लाग्ने हो भन्ने कुरा पुष्टी हुन्छ भन्ने कुरा नकार्न सकिंदैन । वर्तमान बसाई सराईका परिप्रेक्षमा नेपालीलाई डायस्पोराको पगरी पहिराउन मिल्दैन । यसले हामीलाई राणा कालमा जस्तो नेपालबाट ढकेलेको आभास गराउंछ । हामी स्वइच्छाले बाहिरिएका हौं, कसैले लखेटेका होइनौं । Hyphenated identity रहेको देशमा हामीले आफुलाई नेप्लीज अमेरिकन जस्तो उपयुक्त उपमा अझ कुनै शव्द राम्रो होला जस्तो लाग्दैन । यो कुरा अहिलेलाई पच्न गा¥हो होला । तर सत्य यहि नै हो । नत्र एनआरएनएका भुक्त भोगीको संख्या बढेपछि दुर्भाग्यले ¥हास हुनेछ ।
२–३ः३० सम्म इकनोमेतिक डिप्लोमेसी र ड्यास्पोरा इन्टिग्रेशनमा वर्कसप राखिएको रहेछ । सभापतिमा आई.सी.सी.का कुमार पन्त र संचालकमा दिलिप भट्टराई राखिएको रहेछ । विषयवस्तु एकदम गहकिलो र महत्वपूर्ण हुन्छ होला भन्ने लागेको थियो । तर फेरी पनि समयको पावन्दीमा आखिर तल माथि भै हाल्यो । त्यसैले गन्यमान्यहरूको अघि सारेर संचालन गरियो । प्रस्तुतकर्ता पहिले डायस्पोरालाई मनन गरेर घोकाएर आएको देखिन्थ्यो । बुझेर हो या नबुझेर हो डायस्पोरा त्यो अत्यन्तै महत्वपूर्ण विषयको रूपमा लिइएको थियो । तर एक्पर्ट प्रेजेन्टेसनका रूपमा उभ्गइएका ह्यारी भण्डारीको प्रस्तुति एकदम फरक रूपको थियो । यो डायस्पोरालाई आंखा चिम्लेर स्वीकार गर्नेहरूको मन मष्तिस्कमा पस्यो पसेन लेखाजोखा भएन । हामी नन रेसिडेन्ट नेपाली भएर अमेरिकामा रहेका छौं । तर ह्यारीले उठाएका प्रश्नहरूको गहनतालाई कसैले नियालेर हेरेको जस्तो मलाई लाग्दैन । वहांको प्रस्तुतिमा नेपाली शब्दको प्रयोग भएन । किनभने यो असान्दर्भिक शब्दको रूपमा वहांले हेर्नु भएको थियो । तर गन्यमान्य तथा अतिथीहरूले पटकै पिच्छे नेपाली भनेर गुनगान गरेको सुनिन्छ । प्रमुख अतिथि नेपालबाट आएकोले वहांले त पुरै भ्रम फैलाएको देखियो । हाम्रो वैचारिक स्वतन्त्रता भनेर ठूला बडाले जे भने त्यो मान्ने होइन । ठिक बेठिक केलाउने हो । एन.आर.एन. एन. सी.सी को प्रचार पनि ह्यारीको जस्तो हुनुपर्ने हो । तर अधिकांश कार्यकर्ताहरू नेपालबाट आयात गरेको बौद्धिकतामा सीमित भएकोले त्यहांसम्म पुग्न निकै समय लाग्छ ।
वहांको भनाईमा ड्यासपोराको सही अर्थ राम्ररी कसैले नबृ्झेको देखिन्थ्यो । एनआरएनए एनसीसीको उदेश्य पनि त्यस्तै हुनुपर्ने हो । तर नेपालबाट सिर्जित एनआरएनएलाई देश, काल, परिस्थिति अनुसार लान सकेको छैन । यो विडम्वनाको विषय हो । एनआरएनएको अभियान कहां पुग्यो कसैको दिल्चस्पी रहेको देखिंदैनथ्यो । डायस्पोराको बारे अरु कसैले राम्ररी बुझे जस्तो लागेन । तर कागले कान लग्यो भनेको आधारमा डौडीरहे जस्तो छ । आफ्नो देशमा जिउज्यान जोगाएर विदेशीनेहरूको दफ्फा तृतिय र व्दितीय देशमा बसाई सरेर आ-आफनो सांस्कृतिक पहिचान जोगाइ राख्ने सैधान्तिक धरातलबाट नै डायसपोराको उत्पत्ति भएको हो । नेपालको सन्दर्भमा यस्तो छैन । हाल एनआरएनएको क्याम्पेन २००५ सालदेखि मात्र शुरु गरेको हो । तर त्यतिखेर कोही नेपाली व्यक्ति जिउज्यान जोगाउन अमेरिका भासिएको एतिहासिक तथ्य देखिंदैन ।
उक्त वर्कशपमा प्रस्तुतकर्ता सबैले डाय्स्पोरा लाई घोकेर आएको रहेछ जस्तो देखियो । त्यसैले अन्धाधुन्धा डायस्पोरा शब्दको प्रयोग गरेर श्रोतागणमा एक भ्रम फैलाउने काम भएको छ ।
यसो नियालेर हेर्दा नेपालको इतिहासलाई पुनर्लेखन गर्नुपर्ने परिपाटीलाई घच्घच्याए जस्तो भएको मैले देखें । कारण NRN Campaign मा पंचे बाजाको गुनगान गरे जस्तो लागेको छ । यो अभियानमा एकै समूहले देश चलाए जस्तै नश्लवादको शिकार त हुने होइन भन्ने भयभित भएको छृ् । हुनत एकदिनको नेपाली संधैको नेपाली नारा लगाउनुको अर्थ हामी नै त हौं भन्ने भावना उब्जाए पनि समग्र रूपमा समावेशीकरण गरेर नेप्लीज भन्न सारै कन्जुस गरे बापत कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा हाले पनि बांगोको बांगै भने जस्तै यत्तिका वर्ष अमेरिका बसाई गरेपनि त्यही संकृ्चित नेपालीपन भित्र रुमलिरहेको महसुस हुनु अत्यन्तै दुःख लाग्दो कुरा हो ।
आमन्त्रित अतिथिको रूपमा उक्त शहरका मेयर एन्जेलिना जुनिमानको उद्गारमा डाइभरसिटीको महत्व दिइयो । त्यस्तो परिपाटी पांचौं सम्मेलनमा भएको देखिएन । एनआरएनएलाई नन रेसिडेन्ट नेपालीको घेराबाट बाहिर ल्याएर फराकिलो पार्ने कसैको मनसुवा रहेको छ जस्तो मलाई लागेन । यदि यसैलाई निरन्तरता दिने हो भने भविष्यका सन्ततिले राणा महल हड्पे जस्तो गरी एन.आर.एन.का अचल सम्पत्ति पनि हडपने अवस्थाको सिर्जनाबाट जोगिन अत्यन्तै जरुरी देख्छु । यसमा कतिको सहमति हुन्छ अहिलेको अवस्थामा निक्र्यौलनै सजिलो छैन ।