३ बैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज संसदमा विश्वासको मत लिँदैछन् । उनको सरकारको भविष्य अब आज २ बजे हुने मतदानबाट निर्क्यौल हुनेछ ।
कर्णाली प्रदेशमा हाल माओवादी केन्द्रको १२ जना सांसद रहेका छन् । विश्वासको मत प्राप्त गर्नको लागि उनलाई २० जना सांसदको समर्थन आवश्यकता पर्दछ । ३९ सदस्य रहेको कर्णाली प्रदेशसभामा एमालेका १९, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।
सुरुवातदेखि नै आफूविरुद्ध चर्को दबाब खेप्दै आएका मुख्यमन्त्री शाही नेकपा भित्र माधव नेपाल समुहको समर्थनका कारण मुख्यमन्त्रीमा रहदै आएका थिए। अबपनि उनलाइ संसदमा बाँकी रहेका कांग्रेस र राप्रपाका सांसदले मात्र समर्थन गरेर मात्पर पनि उनको पद रहने अवस्थामा छैन । उनको लागि एमालेको पनि समर्थको आवस्यकता रहने छ । अबपनि उनी माधव नेपाल समुहको समर्थनकाे अपेक्षामा हुने छन ।
उनी बिरुद्ध यसअघि पनि केपी ओली पक्षीय सांसद (हाल एमाले संसदीय दलका नेता) यामलाल कँडेलको अगुवाइमा असोज २५ मा तत्कालीन नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यस समयपनि माधव नेपाल समूहका सांसदको सहयोगमा उक्त प्रस्ताव कात्तिक ७ गते अस्वीकृत भएको थियो ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार ११:१७ मा प्रकाशित






























