
३ वैशाख, काठमाडौँ । २०२१ को आईपिएलमा पहिलो जितको खोजीमा रहेको चेन्नाई सुपर किंग्सले आज पंजब किंग्सको सामना गदैँ छ । चेन्नाई सुपर किंग्स आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो भने पंजाब किंग्सले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो ।
चेन्नाईका फास्ट बलर लुंगी एनगीडी र जेशन बेनरडर्फ आनको खेलमा पनि उपलब्ध रहने छैनन् । यस आईपिएलमा १ खेल मात्र खेलेका दुवै टिमले दोस्रो खेलमै आफ्नो प्लेइङ्ग-११ मा परिवर्तन गर्न सम्भावना निकै कम रहेको छ ।
यी दुई टिम बिच आईपिएलमा अहिलसम्म २४ खेल भएको छ जसमा चेन्नाईले १५ खेलमा जित हासिल गरेको छ भने पंजाब किंग्सले ९ खेलमा मात्र जित हासिल गरेको छ ।
चेन्नाई र पंजाब बिचको खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।
चेन्नाईको सम्भावित प्लेइङ्ग ११
रुतराज गायकवाड, फाफ डु प्लेसिस, सुरेश रैना, अंबाती रायुडू, मोईन अली, एमएस धोनी, रवीन्द्र जडेजा, साम कुरान, ड्वेन ब्रावो, शार्दुल ठाकुर, दीपक चाहर ।
पंजाबको सम्भावित प्लेइङ्ग ११
केएल राहुल, मयंक अग्रवाल, क्रिस गेल, निकोलस पूरन, दीपक हूडा, शाहरुख खान, झिले रिचर्डसन, मुरुगन अश्विन, रिले मेरीडिथ, मोहम्मद शमी, अर्शदीप सिंह ।