३ चैत, काठमाडौं । गण्डकी प्रदेशमा एकैदिन ११३ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालय अनुसार कास्कीको पोखरा महानगरपालिकामा ९० जना, बागलुङमा १० जना, तनहुँमा २ जना, नवलपरासीपूर्वमा ३ जना, गोरखामा १ जना, स्याङजामा ५ जना,पर्वतमा १ जना, म्याग्दीमा १ जना गरी ११३ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका ११३ जनासँगै प्रदेशमा संक्रमित हुनेको संख्या १७ हजार ८४ पुगेको छ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १६:२५ मा प्रकाशित




























