back
CTIZAN AD

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

वि.सं.२०७८ वैशाख ६ सोमवार

732 

shares

६ बैशाख, काठमाडौं । कोरोनाको जोखिम उच्च बन्दै गएपछि सरकारले शहरी क्षेत्र तथा कोरोना संक्रमण उच्च जोखिम रहेका जिल्लाहरुका विद्यालय बन्द गर्नुपर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख मसान्त सम्मका लागि शहरी जिल्ला र कोरोना संक्रमणको उच्च जोखिम रहेका जिल्लाहरुका स्कुल बन्द गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकको सिफारिस अनुसार सरकारले यस्तो निर्णय गर्दै अर्चुअल माध्यमबाट स्कुल संचालन गर्ने निर्णय गरिएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि काठमाडौं, ललिलतपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ,दाङ, सुर्खेत, बारा र बागलुङ कोरोनाको उच्च जोखिम तथा अति प्रभावित रहेका जिल्लामा वर्गिकरण गरिसकेको छ ।

छिमेकी मुलुक भारतमा तिब्र रुपमा कोरोना संक्रमण दिनहुँ बढिरहेको अवस्था र खुला सीमाका कारण भारतीय तथा त्यहाँ कार्यरत नेपालीहरु नेपाली फर्किरहेको र उनीहरुमा कोरोना संक्रमण समेत देखिएको अवस्थामा नेपालमा पछिल्ला केही दिनयता दैनिक कोरोना संक्रमित हुनेको संख्या बढ्दो छ । नेपालमा आइतबार मात्रै १ हजार बढीमा कोरोना संक्रमण देखिएको थियो ।

कोरोनाको पहिलो लहरमा वृद्धवृद्धा बढी जोखिम देखिएपनि दोस्रो लहरको कोरोना संक्रमण ५० वर्षभन्दा मुनिका र विशेष गरेर बालबालिकामा देखिएको हुनाले स्कुलहरु बन्द गरेर बालबालिकाको जीवन रक्षागर्नुपर्ने जनस्वास्थ्य बिज्ञहरुले बताउँदै आएका छन् ।

‘सयौं बालबालिका कोरोना संक्रमित भइरहेका बेला स्कुल खोलेर निम्न कोटीको व्यवहार नगरौ’

वि.सं.२०७८ वैशाख ६ सोमवार ११:१८ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...