back
CTIZAN AD

सर्लाहीमा हुलाक टिकट बिक्री काउन्टरको व्यवस्थापन गरिने

वि.सं.२०७८ वैशाख ६ सोमवार

1.6K 

shares

६ बैशाख, सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय हाताभित्र हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गर्ने भएको छ । कार्यालयको मूल ढोका वरिपरि बसेका बिक्रेताले चर्को रकम लिएर टिकट बिक्री गर्ने गरेको गुनासो आएपछि प्रशासनले सरकारी मूल्यमा टिकट बिक्री थालेको हो ।

सेवाग्राहीसँग व्यापारीले चर्को रकम असुलेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले एक सूचना जारी गर्दै कार्यालयको कोठा नं १४ बाट छुट्टै टिकट बिक्री काउन्टर खोल्ने बताए । हुलाक टिकट अनिवार्यरुपमा चाहिने भएको र सेवाग्राही जिल्ला हुलाक कार्यालयबाट टिकट नलिइ प्रशासन बाहिर पसल थापेर बसेका व्यापारीसँग बढी मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कार्यालयबाटै टिकटको बिक्री थालेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

प्रशासन, मालपोत, नापी, स्थानीय निकाय र अन्य गैरसरकारी कार्यालय अगाडि खुलेआम हुलाक टिकटमा कालोबजार भइरहे पनि सम्बन्धित निकाय भने मौन रहेको सेवाग्राहीको गुनासो छ । कार्यालय बाहिर १ देखि १०० रुपैयाँसम्मका टिकट किन्न पाइन्छ ।

तर बाहिरबाट किन्दा यसको मूल्य करीब दोब्बर पर्ने जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आएका सेवाग्राही अम्बिका बुढाथोकीले गुनासो गरिन् । कालोबजारी रोक्न जिल्ला प्रशासनले चालेको कदम प्रशंसनीय रहेको सेवाग्राहीले बताएका छन् । त्यस्तै सेवाग्राही फोटोकपी गराउँन जाँदासमेत अन्यन्त्रको तुलनामा दोब्बर दस्तुर लिने गरेको पाइएको छ ।
रासस

वि.सं.२०७८ वैशाख ६ सोमवार १३:०८ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...