६ वैशाख, काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र मलेसिया बिचको खेलमा मलेसिया १०९ रनमा अलआउट भएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको मलेसिया १६.५ ओभरमा १०९ रन बनाएर अलआउट हुन पगेको हो । मलेसियाका लागि ब्याटिङ्गमा सय्यद अजीजले सर्वाधिक २७ रन बनाएका थिए । त्यसैगरी शार्विन मुनिअन्दी २० रन, अनवर अरुदीन ८ रन, अहमद फैजे ३ रन, विरनदीप सिंह ६ रन, शफीक शरीफ १५ रन, अमीनुद्दीन रम्ली ५ रन, खिजार हयात ४ रन, स्याजरुल इद्रस ८ रन र अन्वर रहमान १ रन बनाएर आउट भएका छन ।
नेपालका लागि करण केसीले ३ ओभरमा १६ रन खर्चेर सर्वाधिक ३ विकेट हात परेका छन । त्यसैगरी सन्दिप लामिछानेले २ र सोमपाल कामी, दिपेन्द्र सिंह एरी, साहब आलम, र कुशल मल्ले समान १/१ विकेट लिएका छन ।
त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गर्नको लागि नेपाली टिमले २० ओभरमा ११० रन बनाउन पर्ने छ ।
वि.सं.२०७८ वैशाख ६ सोमवार १४:४३ मा प्रकाशित


























