back

तपाईको आज (बुधबार) को राशिफल भन्छ–आज यी पाँच राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान

वि.सं.२०७८ वैशाख ८ बुधवार

351 

shares
GLOBAL IME AD
NTC AD

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हतारको निर्णयले काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । मिहिनेतले आँटेको काम बन्नेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला । दाजुभाइमा असमझदारी बढ्न सक्छ। व्यापारमा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन् । तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा सामान्य लाभ हुनेछ तर चिताएको दाम नउठ्न सक्छ। मिहिनेतले काम बनाउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । वादविवादमा परिने समय भएको हुँदा थोरै बोल्नु बुद्धिमानी हुन्छ । सहयोगीहरूको साथले रोकिएका काम सम्पादन गर्न सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । अर्थअभावले विशेष काम रोकिन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम भने फिर्ता हुनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । तर, आजको लाभांश सञ्चय नहुन सक्छ । व्यावसायिक काममा लगानी बढाउनुपर्ला । सरसापटमा धन बाहिरिन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि धन जुट्न समय लाग्नेछ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला । आवश्यक पर्दा कर्जामार्फत धन जुट्नेछ । केही जिम्मेवारी पनि प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ । तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ । मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । फजुल खर्च भने बढ्न सक्छ । विश्वासघात गर्नेहरू सक्रिय रहनेछन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या आइपर्ला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप पनि बढ्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ । व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ । तर बलजफ्ती प्रयत्न गर्दा समस्या आउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ । मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । तर मिहिनेत गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ ।

०७८ वैशाख ८ गते, बुधवार, (२१ अप्रिल २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (मंगलबार) को राशिफल, हेर्नुहोस् आज कुन–कुन राशिकालाई छ त विशेष लाभ ?

वि.सं.२०७८ वैशाख ८ बुधवार ०७:५० मा प्रकाशित