८ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधवार, बैशाख ८ गते, अप्रिल २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५१ पैसा र विक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ । आज डलर मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ९५ पैसा र विक्रिदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ झण्डै ७५ पैसाले बढेको छ ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ८ पैसा र विक्रिदर १६७ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ बढीले वृद्दि भएको छ ।
यस्तो छ अन्य मुद्राको विवरण
आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
वि.सं.२०७८ वैशाख ८ बुधवार ०८:२५ मा प्रकाशित