back
CTIZAN AD

१ ग्राम डीएनएमा २.१५ करोड डिजिटल डाटा स्टोर गर्न सकिने

वि.सं.२०७८ वैशाख ८ बुधवार

981 

shares

सन्सारन्युज । सोधकर्ताहरुले डिजिटल डाटालाई कम भन्दा कम कमजोरीका साथ चार वर्णको आनुवंशिक वर्णमालामा बद्ल्ने नयाँ प्रविधि विकास गर्न सफल भएका छन् । अब सो प्रविधि मार्फत सेंथेटिक डीएनएमा डिजिटल डाटा स्टोर गर्न सकिन्छ, अर्थात सेंथेटिक डीएनएमा हजारौं वर्षसम्म डाटा संग्रहित गर्न सकिन्छ । १ ग्राम डीएनएमा २१५ पेटाबाइट्स डाटा (२.१५ करोड जीबी) स्टोरेज क्षमता हुनेछ ।

बाइनरी फाइलको एनकोडिंग
न्यू मेक्सिकोको लास अलामोस नेशनल ल्याब्रोटरीका सोधकर्ताले एक कोडेक्स विकसित गर्न सफल भएका छन्, जसले सेंथेटिक डीएनएको एक अणुमा बाइनरी फाइलको स्टोर गर्नको लागि आवश्यक जैविक एन्कोडिङमा अनुवाद गर्दछ । यसलाई सो कोडेक्सले डीएनएको संरचना अक्षरमा प्रस्तुत गर्दछ ।
यो कोडेक्स बाइनरी मार्फत डीएनएमा एन्कोडिङ र डीएनए मार्फत डिकोडिङ गर्न सकिन्छ । ल्याबको कम्प्युटर बैज्ञानिक एवं परियोजना प्रमुख अन्वेषक लाचेसर इयोंकोवका अनुसार उनिद्वारा निर्माण गरिएको यो सफ्टवेयरले एडेप्टिव डीएनए स्टोरेज कोडेक्सको कम्प्युटर मार्फत डाटा अनुवाद गर्न सक्छ । जसले जीव विज्ञानलाई बुझ्न सक्छ ।

यो प्रविधि मार्फत के र्फाइदा हुन सक्छ ?
यो प्रविधिको माध्यमबाट डाटा स्टोरेज गर्नको लागि लाखौं करोडौं कम्प्युटर, म्याग्नेटिक टेप, अनलाइन सर्भर र क्लाउडको जरुरी पर्दैन् । डीएनएको एक अणुमा हामीले आफ्नो एक वर्ष बराबरको डाटा हजारौं वर्षसम्म सेंथेटिक डीएनको रुपमा संग्रहित गर्न सक्छौं । यो प्रविधि मार्फत पृथ्वीमा भएका हरेक प्रकारका सुचना तथा जानकारीलाई संग्रहित गर्न सकिन्छ । म्याग्नेटिक टेपको तुलनामा डीएनए स्टोरेजलाई सुरक्षित राख्न सजिलो र कम खर्चिलो हुनेछ । डीएनए स्टोरेजको पहिलो सुरुवात सन् १९८८ मा हावर्ड विश्वविद्यालयमा परिक्षणको रुपमा गरिएको थियो । त्यतिवेला कलाकार जो डेविसको कलाकृतिलाई हुवहु नक्कल गरी डीएनए स्टोरेजको रुपमा एन्कोडेड गरिएको थियो ।

के हो डीएनए स्टोर ?
हामीले दैनिक जिवनमा जतिपनि तथ्यांकहरुको उत्पादन गर्ने गर्दछौं त्यसलाई भण्डारण गर्नको लागि हामीसँग प्रयाप्त मात्रामा स्टोरेज प्रविधिको व्यवस्था छैन् । त्यस कारण मानव विकास सँग जोडिएको हजारौं वर्षको सुचना तथा जानकारी संग्रहित गर्नको लागि हामीलाई बढि भन्दा बढि क्षमताको भण्डारण चाहिएको छ । डीएनए भण्डारण विधिले एकदिन हार्ड ड्राइभ, टेप र अन्य प्रविधिलाई विस्थापित गर्न सक्ने अनुमान गर्न सकिन्छ । यो प्रविधि निकै नै छोटो समयमा कार्यान्वयनमा आउन सक्ने अनुमान गरिएको छ । वैज्ञानिकहरु द्वारा पछिल्लो समयमा डीएनएको माध्यमबाट करोडौं मेगावाइट तथ्यांकहरुको एन्कोड रुपान्तरण गरेका छन् । यसमा पृथ्वीम पाइने हरेक सुचना तथा जानकारीको भण्डारण गर्न सकिन्छ ।
एजेन्सी मार्फत ।

वि.सं.२०७८ वैशाख ८ बुधवार ०८:३५ मा प्रकाशित

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित Vivo ले आफ्नो...

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

काठमाडौं । ई–बुकिङ नेपाल प्रा.लि. र पाटन स्टे एसोसिएसनबीच पाटन...