११ बैशाख, काठमाडौं । नेपालमा आज २,६१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ७,५२५ पिसीआर र ११४३ ऐन्टिऐजिनसहित ८,६६८ नमुना परीक्षणमा देशैभरी २६१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका २६१९ जनासँगै नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज ३६८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३६८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी १४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका १४ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१३६ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी कोरोनाका संक्रिय संक्रमितको संख्या १६ हजार ८२८ रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ७१ रहेको छ ।
नेपालमा हालसम्म पिसीआर प्रविधिबाट २३ लाख ९५ हजार ७२५ नमुना परीक्षण गरिएको छ भने हालसम्म १९ लाख ८९ हजार २४८ जनाले कोरोना भाइरसविरुद्धको खोप लिएका छन् ।
पछिल्लो २४ घण्टामा देशैभरी थपिए २५५९ कोरोना संक्रमित, ५ जनाको मृत्यु
वि.सं.२०७८ वैशाख ११ शनिवार १७:३२ मा प्रकाशित






























