back
CTIZAN AD

मोरङमा ९६६ महिला बेपत्ता

वि.सं.२०७८ वैशाख १३ सोमवार

636 

shares

१३ बैशाख, मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ ।

उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिए।

माइती नेपाल मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सन् २०२० अप्रिलदेखि २०२१ मार्चसम्मको एक वर्षको अवधिमा ३७ महिला तथा युवतीलाई सीमावर्ती क्षेत्रबाट उद्धार गरेको जनाएको छ । सो अवधिमा मोरङ, सुनसरी, धनकुटा, उदयपुर, काठमाडौँ, भक्तपुर, सिरहा, सप्तरी सोलुखुम्बु, बारा, चितवन, सिन्धुपाल्चोक, खोटाङ र झापा जिल्लाका महिलालाई बेचबिखनबाट रोक्न सफल भएको हो ।

अघिल्लो वर्ष सोही अवधिमा ११० युवती तथा महिलालाई मोरङको भारतसँग सीमा जोडिएका क्षेत्रबाट उद्धार गरिएको थियो । मोरङको विभिन्न खुला सीमावर्ती क्षेत्रबाट भारततर्फ बेचबिखन गर्न लगिएका युवती तथा महिलालाई नियन्त्रणमा लिई अभिभावकलाई बुझाइएको संयोजक पोखरेलले बताए ।

मोरङमा पछिल्लो १० वर्षमा ९६६ महिला बेपत्ता भएको नेपालको कार्यालयमा उजुरी दर्ता भएको छ । अधिकांश महिलालाई भारतमा राम्रो रोजगारी लगाउने प्रलोभन देखाएर लग्ने गरेको पीडित महिलाबाट जानकारी प्राप्त भएको छ । भारतलगायत तेस्रो मुलुकमा काम लगाइदिने भन्दै उनीहरुलाई बेपत्ता बनाएको माइती नेपालले जनाएको छ ।

गत एक वर्षमा ११ वटा करणीका घटनामा कार्यालयमा उजुरी परेकामध्ये १८ वर्षदेखि २६ वर्षमुनिका रहेका छन् । यस्तै अघिल्लो वर्ष सातवटा करणीको उजुरी परेको संयोजक पोखरेलले जानकारी दिए। यस वर्ष २५ वटा घरेलु हिंसाका घटनाको उजुरी परेको छ । अघिल्लो वर्ष १७ वटा दर्ता भएका थिए ।

कोभिड–१९ का कारण विराटनगरको रानी सीमा नाका बन्द भए पनि चोरबाटो प्रयोग गरेर बिचौलियाहरुले विभिन्न प्रलोभन देखाई युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि पुर्याउने गरेको कार्यालयले जनाएको छ । यद्यपि कोभिड–१९ का कारण विगत वर्षभन्दा यस वर्ष चेलीबेटी बेचबिखनका घटनामा केही कमी आएको छ ।

बिचौलियाले युवतीलाई मिस कल गर्ने, छोटो सन्देश पठाउने, फेसबुक, इमेललगायतका सामाजिक सञ्जाल प्रयोग गरी राम्रो नोकरी, प्रेम विवाह गर्ने आदि प्रलोभन देखाई भारततर्फ बेचबिखनका लागि लग्ने गरेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले सामुदायिक विद्यालयका ८ देखि १० कक्षासम्मका युवतीमा जनचेतना बढाउनुपर्ने बताए ।
रासस

वि.सं.२०७८ वैशाख १३ सोमवार ०९:२० मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...