back

तेस्रो त्रैमाससम्ममा एनआइसी एशिया बैंकको नाफामा २० प्रतिशतले बृद्धि

वि.सं.२०७८ वैशाख १५ बुधवार

273 

shares
GLOBAL IME AD
NTC AD

१५ बैशाख, काठमाडौं । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को वित्तिय विवरण सार्वजनिक गरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले खुद नाफामा २०.०७ प्रतिशतले बृद्धि गरेको छ ।

गत आवको चैत्र मसान्तसम्ममा २ अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.०७ प्रतिशत अर्थात ९८ करोडले बढि हुन आउछ ।

बैंकले नाफाको साथसाथै समीक्षा अवधिमा खुद ब्याज आम्दानीमा पनि बृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको समीक्षा अवधिमा ६ अर्ब ५८ करोड रुपैयाँ ब्याज आम्दानी गरेकाे छभने गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको थियो ।

यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.८२ रुपैयाँ, खराब कर्जा ०.४७ प्रतिशत, कस्ट अफ फण्ड ५.०३ प्रतिशत छभने सीसीडी रेसिया ८४.२१ प्रतिशत छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार ११:४९ मा प्रकाशित

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव भव्यताका...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

ट्राफिक प्रहरीलाई नबिल बैंकको २० थान मोबाइल उपहार

ट्राफिक प्रहरीलाई नबिल बैंकको २० थान मोबाइल उपहार

काठमाडौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स...