back

गण्डकी प्रदेशसभा : कोरोना संक्रमण देखिएका सांसदलाई पनि मतदानमा सहभागी गराईने

वि.सं.२०७८ वैशाख १५ बुधवार

267 

shares
GLOBAL IME AD
NTC AD

वैशाख १५, काठमाडौं । गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश सभा सांसद राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङलाई संक्रमण देखिएको हो ।

संक्रमित देखिएका पहारी र कोइराला नेकपा (एमाले)का सांसद हुन् भने गुरुङ नेपाली कांग्रेसकी सांसद हुन् । यसअघि मंगलबारको बैठकमा पहारीलगायत एमालेका सांसदले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध गरेका थिए ।

एमालेका सांसदको मागबमोजिम नै प्रदेशसभाले कोरोना परीक्षण गराएका हो । परीक्षणमा पोजेटिभ देखिएका सबै संक्रमितको अवस्था सामान्य रहेको बताइएको छ ।

संक्रमितलाई पनि मतदानमा सहभागी गराईने

सोमबारदेखि सुरु गण्डकी प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व दर्ता अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको छ । बैठकमा कतिपय नाम लेखाएका सांसदले बोल्ने क्रम बाँकी नै छ ।

मंगलबार एमालेको अवरोधका कारण स्थगित बैठक कोरोना परीक्षणसँगै निरन्तर हुने बताइएको छ । जनाइएअनुसार प्रदेशसभाको कार्यव्यवस्था समितिले बैठकमा कोरोना संक्रमण देखिएका सांसदलाई बोल्न नदिने तर अविश्वासको प्रस्तावमा भने मतदान गर्न दिने निर्णय गरेको छ । अविश्वासको प्रस्तावमाथि बुधबार या बिहिबार मतदान हुने सम्भावना छ ।

मुख्यमन्त्री गुरुङविरुद्व कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर गत वैशाख २ मा अविश्वासको प्रस्ताव ल्याएका थिए ।

सम्बन्धित समाचार

दलहरुलाई सांसद जोगाउनै मुस्किल, सबैभन्दा बढि चिन्ता राजमो र माओवादीमा

वि.सं.२०७८ वैशाख १५ बुधवार १२:०१ मा प्रकाशित

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय...

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय...

बुटवलमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

बुटवलमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ...

सरकारीको टाउकोमा २५ खर्ब ३६ अर्ब ऋण

सरकारीको टाउकोमा २५ खर्ब ३६ अर्ब ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म...

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म...