back
CTIZAN AD

गण्डकी प्रदेशसभा : कोरोना संक्रमण देखिएका सांसदलाई पनि मतदानमा सहभागी गराईने

वि.सं.२०७८ वैशाख १५ बुधवार

582 

shares

वैशाख १५, काठमाडौं । गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश सभा सांसद राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङलाई संक्रमण देखिएको हो ।

संक्रमित देखिएका पहारी र कोइराला नेकपा (एमाले)का सांसद हुन् भने गुरुङ नेपाली कांग्रेसकी सांसद हुन् । यसअघि मंगलबारको बैठकमा पहारीलगायत एमालेका सांसदले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध गरेका थिए ।

एमालेका सांसदको मागबमोजिम नै प्रदेशसभाले कोरोना परीक्षण गराएका हो । परीक्षणमा पोजेटिभ देखिएका सबै संक्रमितको अवस्था सामान्य रहेको बताइएको छ ।

संक्रमितलाई पनि मतदानमा सहभागी गराईने

सोमबारदेखि सुरु गण्डकी प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व दर्ता अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको छ । बैठकमा कतिपय नाम लेखाएका सांसदले बोल्ने क्रम बाँकी नै छ ।

मंगलबार एमालेको अवरोधका कारण स्थगित बैठक कोरोना परीक्षणसँगै निरन्तर हुने बताइएको छ । जनाइएअनुसार प्रदेशसभाको कार्यव्यवस्था समितिले बैठकमा कोरोना संक्रमण देखिएका सांसदलाई बोल्न नदिने तर अविश्वासको प्रस्तावमा भने मतदान गर्न दिने निर्णय गरेको छ । अविश्वासको प्रस्तावमाथि बुधबार या बिहिबार मतदान हुने सम्भावना छ ।

मुख्यमन्त्री गुरुङविरुद्व कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर गत वैशाख २ मा अविश्वासको प्रस्ताव ल्याएका थिए ।

सम्बन्धित समाचार

दलहरुलाई सांसद जोगाउनै मुस्किल, सबैभन्दा बढि चिन्ता राजमो र माओवादीमा

वि.सं.२०७८ वैशाख १५ बुधवार १२:०१ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...