back
CTIZAN AD

भारतमा उपचार नपाएर एम्बुलेन्समा नेपाल ल्याउन लागिएका दुई नेपालीको बाटोमै मृत्यु

वि.सं.२०७८ वैशाख १५ बुधवार

684 

shares

१५ बैशाख, काठमाडौं । भारतमा तिब्ररुपमा बढी रहेको कोरोना संक्रमणका कारण त्यहाँ विभिन्न पेशामा आवद्ध रहेका नेपालीहरु पनि समस्यामा परेका छन् ।
दिल्लीको पहाडगन्जमा व्यवसाय संचालन गर्दैै आएका रामराजा होटलका मालिक नुवाकोटका हरि रैला नेपाल ल्याउने क्रममा अक्सिजनको कमिले मंगलबार मृत्यु भएको हो ।

दिल्लीको सरकारी तथा निजी अस्पतालमा अक्सिजन र बेड नपाएपछि एम्बुलेन्समा नेपाल ल्याउने क्रममा उत्तर प्रदेशको लखनउमा मृत्यु भएको दिल्लीबाट अखिल भारत नेपाली एकता मन्चका केन्द्रीय सचिव आरबी खड्काले  बताएका छन् ।

त्यस्तै बैतडीका युवा समाजसेवी मनोज भट्टलाई पनि नेपाल ल्याउने क्रममा अक्सिजनको कमीले उत्तर प्रदेशको मुरादाबाद निधन भएको खड्काले जानकारी दिएका छन् ।

‘यहाँका अस्पतालमा बेड नपाएपछि मरे पनि आफ्नो माटोमै पुगेर मर्छु भन्दै एम्बुलेन्समा हिँडेका दुई साथीको ज्यान गयो । अहिले नेपालीहरुको हालत बेहाल छ ।’ खड्काले भने ।

खड्काले भारतको स्वास्थ्य प्रणाली अस्तव्यस्त हुँदा प्रवासी नेपालीहरू अबस्था बेहाल रहेको भन्दै दुःख व्यक्त गरेका छन् । खड्काका अनु्सार पछिल्लो चरणमा भारतमा ४० जना भन्दा बढी नेपलीको निधन भइसकेको तथ्यांक छ । ‘हामीसँग भएका तथ्यांक अनुसार ४० जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना नेपालीको मृत्यु भएको हामीलाई जानकारी आएको छ ।’ खड्काले कति नेपाली संक्रमित भएका छन् भन्ने यकिन भन्न सकिने अवस्था नै नरहेको संसारन्युजलाई बताए ।

स्थिति भयावह छ

आरबि खड्का, दिल्ली

भारतमा कोरोना महामारी तिब्र रुपमा फैलिएकोले यहाँको अवस्था अस्तव्यस्त छ । नेपालीहरुलाई कसरी बचाउने भन्नेमा लागिरहेका छौं । तर, अस्पताल पुर्याए पनि बेड र अक्सिजन नपाएका कारण धेरै नेपालीले ज्यान गुमाउनु परिरहेको छ । ज्यान गुमाउनेमा ४० वर्ष मुनिका युवाहरु धेरै छन् । पैसा भएकाले पनि उपचार गराउन पाएका छैनन् ।
हामीले कोशिष गरिरहेका छौं तर बचाउन गाह्रो परिरहेको छ । पहिलेजस्तो खान पाइएन भनेर भन्दा पनि कसरी हुन्छ हामीलाई बचाइदिनु पर्यो भनेर फोन आउने गरेको छ ।

दिल्ली, महाराष्ट्र र गुजरातका नेपालीहरु बढी प्रभावित भएका छन् । अहिले शब जलाउन पनि घण्टौं कुर्नुपर्छ । ३–४ हजारले हुनुपर्ने काममा १५ हजार सम्म लाग्ने गरेको छ । विरामीलाई कुन अस्पतालमा बेड खाली छ भनेर एक राज्यबाट अर्को राज्यमा लगेर उपचार गराउनुपर्ने स्थिति छ । एक संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्नका लागि ३० जनासँग सम्पर्क गर्नुपरेको र एउटा बेडका लागि ५ ठाउँमा फोन गर्नुपरेको अवस्था छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार १२:५२ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...