back
CTIZAN AD

औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा तीन अर्ब डोज खोप उत्पादन गर्ने

वि.सं.२०७८ वैशाख १६ बिहीवार

657 

shares

१६ बैशाख । अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा युरोप र संयुक्तराज्य अमेरिकामा खोप उत्पादन र आपूर्ति बढाउन आर्थिक सहायता प्राप्त हुने विश्वास पनि व्यक्त गरेको छ । लगानी बढाइएको खण्डमा खोपका लागि आवश्यक तत्व उत्पादनलाई स्वीस साझेदार लोन्जा र स्पेनको रोभीले दोब्बर वृद्धि गर्न सक्षम हुनेछन् ।

अमेरिकामा रहेको मोडर्नाको प्लान्टको उत्पादन क्षमता पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।

कम्पनीले तीन अर्ब खोप उत्पादनका लागि एमआरएनए खोप एवं मोडर्नाकै पेडियाट्रिक खोप र भेरिएन्ट बुस्टर डोजको मिश्रणमा निर्भर हुने जनाएको छ । साथै कम्पनीले यस वर्ष ८० करोडदेखि एक अर्ब डोज खोप आपूर्ति गर्न सकिने प्रक्षेपण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी स्टिफन बान्सेलले मोडर्नाले विकास गरेको कोभिड विरुद्धको खोपले कोरोनाभाइरसको नयाँ प्रजातिको संक्रमण रोक्न पनि सफल भएको बताएका छन ।

वि.सं.२०७८ वैशाख १६ बिहीवार १६:२१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...