back
CTIZAN AD

आज देशैभरी ५७६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १८ शनिवार

1.2K 

shares

१८ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ७६३ जना कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १४,४०३ पिसीआर र ५६६ ऐन्टिजेन गरी १४ हजार ९६९ नमुना परीक्षणमा ५ हजार ७६३ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ५,७६३ जनासँगै हाल कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

त्यस्तै आज देशैभरी १२८७ जना निको भएका छन् । आज निको भएका १२८७ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ । निको हुनेको यो संख्या ८५.९ प्रतिशत हो ।

त्यसैगरी आज १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १९ जनासँग नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३२९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ६७ जना रहेका छन् भने ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म पिसीआर प्रविधिबाट २४ लाख ८८ हजार ३५९ नमुना परीक्षण गरिएको छ ।

त्यस्तै हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको खोप २० लाख ९१ हजार ५११ जनाले लिएका छन् ।

नेपालमा आज एकैदिन ५ हजार ७२७ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

 

वि.सं.२०७८ वैशाख १८ शनिवार १७:११ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...