back
CTIZAN AD

को हुन शहिद मित्रमणी आचार्य ?

वि.सं.२०७८ वैशाख १८ शनिवार

1.7K 

shares

सन्सारन्युज । शहिद मित्रमणी आचार्यको जन्म बि.सं. २०१९ असार ३ गते प्युठान जिल्लाको रम्दीमा भएको थियो । आमा पिताम्बरा आचार्य र बाबु रेशमराज आचार्यको चौथो सन्तानको रुपमा मित्रमणीको जन्म भएको थियो । उनका ३ दाजु, १ भाई र २ बहिनी रहेका छन् ।

आचार्यले प्राथमिक स्तर सम्मको शिक्षा बागेश्वरी प्रा.वि. र माध्यमिक विद्यालय स्तरको शिक्षा मुक्ति मा.वि. रातमाटाबाट उत्तिर्ण गरेका थिए । कृषि क्याम्पस पक्लिहवा रुपन्देहीबाट कृषि विज्ञानमा आइएस्सी पास गरी २०४१ सालमा आचार्यले कृषि क्याम्पस रामपुर चितवनबाट बिएस्सी पास गरेका थिए ।

विद्यार्थी जिवनकाल देखि नै राजनैतिक आन्दोलन सँग नजिक रहेका आचार्य तत्कालिन अ.ने.रा.स्व.वि.यु. को मुक्ति मा.वि. प्रारम्भ्कि कमिटिका अध्यक्ष भएका थिए भने ०३७ सालमा कृषि क्याम्पस पक्लिहवाको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । रामपुर कृषि क्याम्पस अध्ययनको क्रममा आचार्य ०४१ सालमा त्यसै क्याम्पसको स्ववियु सभापति भएका थिए । आचार्य विद्यार्थी संगठनमा अ.ने.रा.स्व.वि.यु.आठौंको केन्द्रिय प्रतिनिधि हुँदै केन्द्रिय सदस्य र मध्य तराई उपकेन्द्रको इन्चार्जका रुपमा कार्यरत समेत रहेका थिए ।

२०४२ साल बैशाख १८ गते मेघौलीमा आयोजना गरिएको किसान सभामा जाने क्रममा दिउँसो २ ः३० बजे पर्साढापमा घांटी भाँचेर फालिएको अवस्थामा फेला परेका थिए । आचार्यको उपचारको क्रममा सोहि दिन अस्पतालमा शहादत भएको थियो । अनेरास्ववियू (क्रान्तिकारी)ले आफ्ना दस्ताबेजमा आचार्यलाई नेबिसंघ र तत्कालिन पञ्चायती समुहले हत्या गरेको आरोप लगाउने गरेको छ ।

वि.सं.२०७८ वैशाख १८ शनिवार १३:०९ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...