back
CTIZAN AD

‘अक्षर बनिदिए भावहरु’ सार्वजनिक

वि.सं.२०७८ वैशाख १९ आइतवार

804 

shares

१९ बैशाख, काठमाडौँ । हाल अमेरिका निवासी कवि अमर रोकाद्वारा रचित ‘अक्षर बनिदिए भावहरु’ कविता तथा गीतसङ्ग्रह जुम प्रविधिबाट सार्वजनिक भएको छ ।

सिसार साहित्य प्रतिष्ठानले शनिबार बेलुकी जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा कविकी माता एवं नेपालकी पहिलो जागिर खाने महिला ८४ वर्षीया मीना रोकाले कवितासङ्ग्रह विमोचन गरेकी हुन् । गीत र कविता गरी ४१ वटा सङ्ग्रह गरिएको पुस्तकमा ७९ पृष्ठ छ । पुस्तकको मूल्य रु ९५ छ । पूजा रोकाले प्रकाशन गरेका कविता तथा गीत सङ्ग्रहको भाषा सम्पादन उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले गरेका हुन् ।

लेखकको यो पहिलो कृति हो । रोकाका कविता र गीतमा मन र जीवनका प्रवाह प्रवाहित भएको छ । कवितासङ्ग्रहका बारेमा समीक्षा गर्दै समालोचक प्रा डा ज्ञानु पाण्डेले प्रेम, प्रणय र कोमल भावनाका कविता तथा गीत सङ्ग्रहमा समेटिएको बताए । सङ्ग्रहमा ह्रास हुँदै गएको मानवीय संवेदनाका विषयमा पनि मन छुने रचना समेटिएको उनले सुनाए ।

कार्यक्रममा वरिष्ठ कलाकार उत्तम नेपाली, प्रा डा जङ्गब चौहान, कलाकार गौरी मल्ल, डा मधु माधुर्यलगायतले रोजगारीका लागि विदेशिने नेपालीको मर्मलाई गीत र कविताका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गरिएको बताएका थिए ।
रासस

वि.सं.२०७८ वैशाख १९ आइतवार १३:५६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...