back
CTIZAN AD

रामकुमारी झाँक्रीको अर्थपूर्णं फेसबुक स्टाटस, ‘हामी त डुब्छौ तर, सँगै तिमीलाई लिएर डुब्छौं’

वि.सं.२०७८ वैशाख २२ बुधवार

918 

shares

वैशाख २०, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । उनको तयारीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख २७ मा संसद अधिवेशन आव्हान गरेकी छिन् ।

संसद अधिवेश आव्हान गरेको परिस्थितिमा जोड घटाउका कुराहरु सुरु भएका छन् । दलहरुबीच निकै गम्भीर रुपमा द्धिपक्षीय, त्रीपक्षीय छलफलहरु सुरु भएका छन् ।

पार्टीभित्र चलेको द्धन्द व्यवस्थापन नगरी र दलहरुबीच विश्वासको वातावरण नबनाई प्रधानमन्त्रीले घोषणा गरेको कदमलाई निकै चाँसोपूर्वक हेरिएको छ । धेरैको बुझाईमा पार्टीभित्र उत्कर्षमा पुगेको विवाद नै ओलीको कदमका निम्ति प्रत्यूउत्पादक हुनेछ ।

हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने…

Posted by Ramkumari Jhakri on Wednesday, May 5, 2021

‘तिमीलाई पनि लिएरै डुब्छौं’

विश्वासको मत लिने ओलीको घोषणाका बीच एमाले विवादलाई चाँसोपूर्वक हेरिएको परिस्थितिमा माधव कुमार नेपाल पक्षीय नेत्री रामकुमारी झाँक्रीको गम्भिर खालको टिप्पणी सार्वजनिक भएको छ । उनले ओलीको कदमप्रति ‘तिमीलाई पनि लिएरै डुब्छौं’ भन्ने टिप्पणी गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड। हिन्दीमा एउटा कहावत छस् हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

अहिले माधव समूह ओलीको कदमबारे आगामी रणनीति बनाउन छलफल गरिरहेको छ । यस्तोमा प्रतिनिधि सभा सदस्यसमेत रहेकी झाँक्रीको प्रतिक्रिया अर्थपूर्णं खालको छ ।

सम्बन्धित समाचार

एमाले विवाद : ओलीलाई अप्ठ्यारोमा पार्ने यस्तो रणनीतिमा छ माधव समूह

वि.सं.२०७८ वैशाख २२ बुधवार १४:३१ मा प्रकाशित

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...