back
CTIZAN AD

एनआरएनए अमेरिकाको आइसीसी सदस्यमा उत्तम कार्कीको उम्मेदवारी

वि.सं.२०७८ वैशाख २२ बुधवार

843 

shares

२२ बैशाख, अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आइसीसी सदस्यमा उत्तम कार्कीले उम्मेदवारी दिएका छन् ।

सनफ्रान्सिस्को निवासी कार्कीले आगामी २०२१–२३ का लागि आइसीसी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि अमेरिकामा रहेर सामाजिक काममा सक्रिय रहेका कार्की सनफ्रान्सिस्कोमा रहेको सबैभन्दा पुरानो नेपाली संस्था न्यान्सका पूर्वअध्यक्ष समेत हुन् ।साथै निर्माणधिन नेपाली सामुदायिक केन्द्र, नेप्लीज कम्युनिटी सेन्टरका पूर्वअध्यक्ष समेत रहेर सामाजिक काममा सक्रिय रहेका कार्कीले आफूले सबैको मत पाउनेमा ढुक्क रहेको संसारन्युजलाई बताए ।

उनले आगामी दिनमा नेपाल र नेपाली समुदायका लागि धेरै काम गर्न बाँकी रहेकोले उक्त काम पूरा गर्नका लागि सबैको साथ र सहयोग रहने बताए ।

‘मलाई आशा अनि विश्वास छ सबैले मेरो कामको मूल्यांकन गरेर एनआरएनएमा रहेर समुदायका लागि अझ बढी कामगर्ने मौका दिनुहुनेछ ।’ उनले भने ।

एनआरएनए अमेरिकाका पूर्वसल्लाहकार समेत रहेर संस्थाको हितका लागि सक्रिय भूमिका निर्वाह गरिसकेका कार्की अमेरिकी राष्ट्रपतिद्धारा प्रदान गरिने ‘राष्ट्रपति स्वयम्सेवा सवर्ण पदक २०१४’ प्राप्त गर्ने व्यक्तित्व समेत हुन् ।

May be an image of 1 person and text that says 'नेपालीका लागि नेपाली NRNA सामत पनआाररुन निर्माणको उत्तम कार्की সালि उमेद्वार आईसीसी सदस्य (२०२१- २०२३) VISION 2021-23 VOTE 510-620-4397'

गैरआवासीय नेपालीको मुल मुद्दा रहँदै आएको नेपाली नागरिकताको निरन्तरताको विषयमा महत्वपूण भूमिका निर्वाह गर्दै आएका कार्की नागरिकताको विषयलाई अगाडि बढाउन र कार्यान्व्यनमा ल्याउनका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

पश्चिम अमेरिका नेपाली महासंघ वानाको वर्तमान अध्यक्ष, एनएएनसीका पूर्वअध्यक्ष, नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार, नेपाली सामुदायिक केन्द्रका संस्थापक अध्यक्ष तथा विभिन्न नेपाली संघसंस्थामा सल्लाहकारको भूमिकामा रहेर निरन्तर नेपाल र नेपाली समुदायका लागि खटिरहने कार्कीले एनअराएनएले विदेशमा रहेका नेपालीहरुलाई नेपालसँग जोड्ने पूलका रुपमा काम गर्नुपर्ने बताउँदै आफू यहि अभियानमा सक्रिय भएर लागिरहेको पनि बताएका छन् ।

 

वि.सं.२०७८ वैशाख २२ बुधवार १४:४० मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...