back
CTIZAN AD

महिलालाई नेतृत्व तहमा पु¥याउन पुरुषले सघाउनुपर्ने

वि.सं.२०७३ माघ २४ सोमवार

864 

shares

२४ माघ,काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महिला सशक्तीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको हुँदा सम्पूर्ण महिलालाई स्थानीय निकाय निर्वाचनमा होमिन आह्वान गर्नुभएको छ ।

उक्त पार्टीका सांसद राज्यलक्ष्मी श्रेष्ठको सहयोगमा दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको दुईदिने महिला नेतृत्व विकास प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

महिला वर्गलाई नेतृत्व तहमा पु¥याउन हरेक पुरुषले सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले नारी शक्तिको उच्च सम्मान गर्दै उनीहरुलाई क्षमताअनुसार नेतृत्व दिन सक्नुपर्दछ भन्नुभयो ।

सांसद श्रेष्ठले सांसद विकास कोषबाट प्राप्त रकम महिला नेतृत्व विकासमा खर्चेको जानकारी दिँदै अवसरको खोजीमा रहेका नारीलाई आफूले सघाउने सन्दर्भमा कुनै कन्जुस्याईं नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रका अध्यक्ष विष्णुदेवी पुडासैनीले नारी र पुरुष बराबरीको भावनाका साथ नेतृत्व तहमा पु¥याउने कार्यमा हातेमालो हुन आवश्यक छ भन्नुभयो ।

वि.सं.२०७३ माघ २४ सोमवार ११:३० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...