Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

महिलालाई नेतृत्व तहमा पु¥याउन पुरुषले सघाउनुपर्ने



२४ माघ,काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महिला सशक्तीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको हुँदा सम्पूर्ण महिलालाई स्थानीय निकाय निर्वाचनमा होमिन आह्वान गर्नुभएको छ ।

उक्त पार्टीका सांसद राज्यलक्ष्मी श्रेष्ठको सहयोगमा दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको दुईदिने महिला नेतृत्व विकास प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

महिला वर्गलाई नेतृत्व तहमा पु¥याउन हरेक पुरुषले सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले नारी शक्तिको उच्च सम्मान गर्दै उनीहरुलाई क्षमताअनुसार नेतृत्व दिन सक्नुपर्दछ भन्नुभयो ।

सांसद श्रेष्ठले सांसद विकास कोषबाट प्राप्त रकम महिला नेतृत्व विकासमा खर्चेको जानकारी दिँदै अवसरको खोजीमा रहेका नारीलाई आफूले सघाउने सन्दर्भमा कुनै कन्जुस्याईं नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रका अध्यक्ष विष्णुदेवी पुडासैनीले नारी र पुरुष बराबरीको भावनाका साथ नेतृत्व तहमा पु¥याउने कार्यमा हातेमालो हुन आवश्यक छ भन्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम