back
CTIZAN AD

नेपाली चलचित्र क्षेत्रमा नायक नबराज श्रेष्ठको पुन आगमन

वि.सं.२०७३ माघ २४ सोमवार

1K 

shares

16388380_10154946865217354_6598498756383199813_n

सुर्य चन्द काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा अर्थात सिने नगरीमा नायक नबराज श्रेष्ठको पुन आगमन भएको छ । कलाकारिता मानिसको एउटा नशा हो, जुन नशा लागे पछि मानिसलाई छोड्दैन, रंगिन संसारको विशेषतानै यहि हो । नायक नबराज श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा स्थापित नाम हो । सिन्धुलीमा जन्मेर अमेरिकालाई कर्मथलो बनाउदै आएका नायक नबराज अन्तत नेपाली चलचित्रमा पुन फर्किन बाध्य भएका छन । उनको कलाकारिता मोह भनु या नेपाली चलचित्र क्षेत्र प्रतिको लगाबले गर्दा हो, जे भए पनि उनको पुनरागमनले नेपाली चलचित्र क्षेत्रले फेरी अर्को नया आयाम नथप्ला भन्न सकिन्न । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेको अमेरिकाको डेनभर कोलोराडोमा सम्पन्न ग्लोबल नेपाली फिल्म अवार्डको संयोजक समेत रहेका नायक नबराज श्रेष्ठको आगमनले नेपाली चलचित्र जगतमा एक उर्जा मिलेको छ ।

डेड दशक देखि मोफसलमा बसेर पनि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुदै आएका नायक नबराज श्रेष्ठले आधा दर्जन नेपाली चलचित्रमा आफ्नो कुशल अभिनय प्रदर्शन गरि सकेका छन् । त्यसका साथै धेरै म्युजिक भिडियोहरुमा पनि उनलाई देख्न सकिन्छ ।चलचित्र गुडलक, स्काउट, जोकर, बादल जस्ता चलचित्र हरुमा उनले आफ्नो अभिनय प्रस्तुत गरि सकेका छन । साथै त्यसका अलावा अहिले तिन वटा अन्य नेपाली चलचित्रमा अनुबन्धित भएर यहि बैसाख देखि छायांकन गरिने कुरा नायक नबराज श्रेष्ठ बताउछन । आफ्नो कलाकारिता प्रतिको मोह,लागाब, मेहनत र परिश्रमले नै पुन यो क्षेत्रमा आफुलाई तानेको कुरा नायक श्रेष्ठ बताउछन ।
चलचित्र क्षेत्रमा मात्र स्थापित नभएर उनि एक सफल ब्यापार ब्यबसाय गर्दै सामाजिक कार्य तथा अन्य धेरै कार्यहरुमा अग्रणी भुमिका निर्बाह गर्दै आएका बहु प्रतिभावान क्षमताका व्यक्ति हुन । उनी संयोजक प्रथम ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडो, उपाधक्ष्य अमेरिका नेपाल टेलिभिजन अमेरिका वल्र्ड फ्रेन्डशिप एण्ड पिस क्याम्पियन इन्क अमेरिकाका प्रेसिडेन्ट, हेल्पिङ्ग ह्यान्ड्स हेल्थ एजुकेसन नेपाल सिन्धुलीका प्रेसिडेन्ट,सनातन मन्दिर अमेरिकाका सचिब, नेपाली आर्टिस्ट एसोसिएसन नर्थ अमेरिका प्रेसिडेन्ट,उपाधक्ष्य अभियान ग्रुप नेपाल, सदस्य एसोसिएसन नेपाली इन अमेरिका, आजिबन सदस्य नेपाल रेड क्रस सोसाइटि, आजिबन सदस्य रेयुकाई नेपाल, आजिबन सदस्य रकी माउण्टेन फ्रेन्डशिप अफ नेपाल कोलोराडो अमेरिका, आजिबन सदस्य ईन्टरनेशनल लिट्रेचर सोसाइटि अमेरिका, आजिबन सदस्य सिन्धुली बिकास फोरम, सदस्य लाइन्स क्लब अफ इन्टरनेशनल आजिबन सदस्य नेपाल फिल्म सोसाइटी, आजिबन सदस्य नेपाली घर कोलोराडो अमेरिका लगायत अन्य धेरै संघ सस्थामा समेत आवद्ध छन ।
विभिन्न समयमा चलचित्र क्षेत्र तथा सामाजिक कार्य गरे बापत दर्जनौ अवार्ड समेत प्राप्त गर्न सफल अभिनेता, ब्यबसायी तथा समाजसेवी नायक नबराज श्रेष्ठ भबिष्यमा अर्थात अबको तिन बर्ष पछि चलचित्र निर्माणमा लाग्ने कुरा उनी बताउँछन् ।

वि.सं.२०७३ माघ २४ सोमवार १०:२९ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...