back
CTIZAN AD

पर्वत सेवा समाज युएईद्धारा दुईवटै मृगौला पीडित देवीराम बि.क.लाई सहयोग

वि.सं.२०७३ माघ २४ सोमवार

1K 

shares

parbatलालबहादुर ढेंगा दुबई । गएको ३ फेब्रुवरी शुक्रबारका दिन दुबईको सिराज लस्सी रेष्टुरेण्टमा पर्वत सेवा समाज युएईले कुश्मा नगरपालिका वार्ड नं.१६, चनौटे, पर्वत जिल्ला निवासी दुईवटै मृगौलाबाट पीडित देवीराम बि.क. (रामभक्त) लाई ८० हजार रुपैयां आर्थिक सहयोग गरेको छ । सो रकम दुईवटै मृगौला प्रत्यारोपरणका लागि सहयोग गरेको हो ।
विगत ६ महिनादेखि काठमाण्डौंको शिक्षण अस्पतालमा उपचार चलिरहेको छ भने दुईवटै मृगौला प्रत्यारोपरण गर्नुका लागि पूरा खर्च ८ लाख लाग्ने अस्पतालले जनाएको छ । पीडितको आर्थिक स्थिति धेरै कमजोर भएपछि समाजलाई आर्थिक सहयोगको अपील गरेको थियो । उनका परिवारमा बाबा, आमा, श्रीमती र एउटा छोरा समेत रहेका छन् ।
उक्त रकम सोही समाजका सचिव कमल लामिछानेको संयोजकत्व र दुबई क्षेत्रीय समितिका अध्यक्ष तिलक सापकोटाको सह–संयोजकत्वमा संकलन गरेको हो । संकलित भएको रकम संयोजक तथा सह–संयोजकले अध्यक्ष राजेन्द्र अधिकारीलाई हस्तान्तरण गरेको छ भने अध्यक्षले नेपालमा बिदामा रहेको प्रथम उपाध्यक्ष पर्शुराम पौडेललाई पठाउने र उपाध्यक्ष पौडेलद्धारा पीडितलाई हस्तान्तरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिएको छ ।
समाजका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षता र उपाध्यक्ष रामप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रमलाई महासचिव सरोज जिसीले संचालन गरेका थिए । सन् २०१३ मा पर्वतेवासीहरुको पहलमा स्थापना भएको पर्वत सेवा समाज युएईले स्थापना भएको ४ बर्षको अवधिमा लगभग ३० लाख रुपैयां उद्धार कार्यमा सहयोग गरेको छ । उद्धार कार्यका साथ नेपाली विभिन्न चाड पर्वलाई पनि मनाउंदै अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै सामाजिक कार्यमा अगाडि बढ्दै छन् ।

वि.सं.२०७३ माघ २४ सोमवार १०:१३ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...