Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

पर्वत सेवा समाज युएईद्धारा दुईवटै मृगौला पीडित देवीराम बि.क.लाई सहयोग



parbatलालबहादुर ढेंगा दुबई । गएको ३ फेब्रुवरी शुक्रबारका दिन दुबईको सिराज लस्सी रेष्टुरेण्टमा पर्वत सेवा समाज युएईले कुश्मा नगरपालिका वार्ड नं.१६, चनौटे, पर्वत जिल्ला निवासी दुईवटै मृगौलाबाट पीडित देवीराम बि.क. (रामभक्त) लाई ८० हजार रुपैयां आर्थिक सहयोग गरेको छ । सो रकम दुईवटै मृगौला प्रत्यारोपरणका लागि सहयोग गरेको हो ।
विगत ६ महिनादेखि काठमाण्डौंको शिक्षण अस्पतालमा उपचार चलिरहेको छ भने दुईवटै मृगौला प्रत्यारोपरण गर्नुका लागि पूरा खर्च ८ लाख लाग्ने अस्पतालले जनाएको छ । पीडितको आर्थिक स्थिति धेरै कमजोर भएपछि समाजलाई आर्थिक सहयोगको अपील गरेको थियो । उनका परिवारमा बाबा, आमा, श्रीमती र एउटा छोरा समेत रहेका छन् ।
उक्त रकम सोही समाजका सचिव कमल लामिछानेको संयोजकत्व र दुबई क्षेत्रीय समितिका अध्यक्ष तिलक सापकोटाको सह–संयोजकत्वमा संकलन गरेको हो । संकलित भएको रकम संयोजक तथा सह–संयोजकले अध्यक्ष राजेन्द्र अधिकारीलाई हस्तान्तरण गरेको छ भने अध्यक्षले नेपालमा बिदामा रहेको प्रथम उपाध्यक्ष पर्शुराम पौडेललाई पठाउने र उपाध्यक्ष पौडेलद्धारा पीडितलाई हस्तान्तरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिएको छ ।
समाजका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षता र उपाध्यक्ष रामप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रमलाई महासचिव सरोज जिसीले संचालन गरेका थिए । सन् २०१३ मा पर्वतेवासीहरुको पहलमा स्थापना भएको पर्वत सेवा समाज युएईले स्थापना भएको ४ बर्षको अवधिमा लगभग ३० लाख रुपैयां उद्धार कार्यमा सहयोग गरेको छ । उद्धार कार्यका साथ नेपाली विभिन्न चाड पर्वलाई पनि मनाउंदै अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै सामाजिक कार्यमा अगाडि बढ्दै छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा