Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

सक्छौ भने मेरी आमालाई पनि बहिस्कार गर



sangita

मेरो समाजका प्रीय मान्छेहरु,
खै कुन शब्दले सम्बोधन गरौं । म सँग त्यस्तो कुनै आदरार्थी शब्द नै छैन । म हुर्केको समाजमा मैले आदर र माया गर्नुपर्ने धेरै मान्छेहरु छन् । मैले सिकेको संस्कार अनुसार आदर गर्नुपर्नेलाई तपाई हजुर र मैले माया गर्नुपर्नेलाई तिमि शब्दले सम्बोधन गर्नुपथ्र्याे । माफ गर्नुहोला आज दुवैलाई तिमि शब्दले नै सम्बोधन गर्न बाध्य भएकी छु ।

मेरो समाजका केही प्रीय मान्छेहरु, आज तिमिहरु कुन बाटोमा हिँड्दैछौ थाहा छ ? भतिज नविन पुडासैनीले १३ वर्ष अगाडी दलित केटी विवाह गरेको निहुँमा काका इश्वरी प्रसाद र शालिकराम पुडासैनीलाई जसरी बहिस्कार ग¥यौ त्यसको मूल्य तिमिहरुले अव पक्कै चर्काे तिर्नुपर्ने हुन्छ ।
तिमिहरुलाई पक्कै थाहा छ होला, अहिलेको कानुनले जातीय भेदभाव र छुवाछुत गर्नेलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा १ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भन्ने कुरा । अँझ सार्वजनिक पद धारण गरेको व्यक्तिले जातीय भेदभाव तथा छुवाछुतबाट पीडित व्यक्तिलाई पीडकबाट १ लाख रुपैयाँसम्म क्षतिपूर्ति तथा थप हानि नोक्सानीको क्षतिपूर्ति समेत दिलाई दिने व्यवस्था छ । मलाई लाग्छ, यसको लागि तयार छौ होला हैन मेरा प्रीय समाजका प्रीय मान्छे ।

मैले यो कुरा बुझाइरहन पर्दैन होला, किनभने मेरो समाजमा मलाई नै कखरा सिकाउने गुरु छन् । राजनीतिक चेतनाले भरिएका बुद्धिजिवीहरु छन् । गलत काम गर्नेलाई सहि बाटोमा हिँडाउने मार्गदर्शकहरु पनि छन् । तर, पनि यति चाँही भन्न मन लाग्यो, मेरो फुपुको विवाहमा इश्वरी प्रसाद पुडासैनी र शालिकराम पुडासैनीलाई बोलाएको भन्दै आउन त परैजावोस सुख दुःख गरेर जोडेको भोजै बहिस्कार ग¥यौ, त्यसमा तिमिहरुलाई बधाइ दिन चाहान्छु ।
तिमिहरुलाई यादै होला जतिबेला तिमिहरुले नै नविन पुडासैनी गाउँमा बस्दैन भने हामी अरु परिवारसँग मिलेर बस्छौं भनेर मौखिक सम्झौता गरेको कुरा । नविन त १३ वर्षदेखि गाउँमा छैन । आज १३ वर्षपछि किन काकाहरुलाई अछुत भन्दै बहिस्कार गरिरहेका छौ ? त्यो पनि हाम्रो परिवारको भोजमा ?
भतिजले दलित केटी विवाह ग¥यो भन्दैमा काकाहरु यति अपमानित हुनुपर्ने तिमिहरुबाट ? अनि तिमिहरुले एउटा काकालाई साथ दिएका छौ नी हैन ? त्यो काका चाँही नविनकी हजुरआमाले जन्माएकी हुन् कि होइनन्, जवाफ देऊ मेरो समाजका प्रीय मान्छेहरु ? राजनीतिक आस्था भनेको मानिसको स्वतन्त्रताको कुरा हो । तिमि एकतिर हौला हामी एकातिर । तर राजनीतिक आस्थाको आधारमा एउटालाई छुत र अर्कालाई अछुत बनाउने अधिकार तिमिहरुलाई कदापी छैन ।
इश्वरी प्रसाद र शालिकरामलाई भोजमा सहभागी गराएको निहँुमा हाम्रो भोज बहिस्कार गर्ने मेरो समाजका प्रीय मान्छेहरु, सक्छौ भने मेरी आमालाई पनि यो समाजबाट बहिस्कार गर । आज भन्दा ५÷७ वर्ष अगाडी नै मेरी आमाले ३ चोटीसम्म घरमा लुगा सिलाउन आउने दमिनी आमैलाई घरभित्र बास दिएकी थिइन । जाडो महिनामा लुगा सिलाउँदा सिलाउँदै राति भएपछि पिँढिमै सुत्छु भनेर बसेकी दमिनी आमैलाई मेरी आमाले कर गरेर घरभित्र सुताएकी थिइन् ।
एक कक्षा पनि नपढेकी मेरी आमाले मानवीयता र परिवर्तनको संस्कार यो भन्दा पहिले सुरुवात गरिसकेकी थिइन । केही कुरा मेरी अनपढ आमाबाट पनि सिक मेरो समाजका शिक्षित मान्छेहरु । सक्छौ भने मेरो बा लाई पनि समाजबाट बहिस्कार गर । खेत खन्न आएका सार्की दाइहरुलाई घरभित्रको मझेरीमा राखेर भात खुवाइसकेका छन् उनले ।
यतिबेला तिम्रो अमानविय ढोंगबाट हेर्दा मेरा बा र आमा दुवै अछुत छन् सक्छौ भने उनीहरुलाई पनि बाहिर निकाल्न बहिस्कारको अभियान चलाउ ।
तिमिहरु बहिनीको बिहेमा आर्शिवाद दिन आएनौ भनेर रत्तिभर दुःख छैन र गुनासो पनि छैन मलाई । तर, मलाई यो पनि थाहाछ, तिमिहरु मध्ये कति सार्वजनिक पद धारण गरेका व्यक्ति छौ जो समाज परिवर्तनको ढोंग रचेर सामाजिक अभियन्ता पनि बनेर हिडेका छौं भन्ने कुरा ।
तिमिहरु मध्ये कोही शिक्षक पनि छौ । मलाई आज एउटै चिन्ता लागिरहेको छ, मेरा कलिला भाइबहिनीहरु पनि भोली तिमीहरु जस्तै हुने त होइनन, सामाजिक मूल्य मान्यता विर्सने त होइनन, अझ अरु भन्दा पनि मानवियता र नेपाली सभ्यता भुल्ने त होइनन् भनेर । तिमिहरुबाट शिक्षा ग्रहण गरेका मेरा भाइबहिनी जस्तै गाउँका अन्य बालबालिका कुन बाटो हिड्लान ! तिमीहरु जस्तै विभेद र बहिष्कारको संस्कारको विकास त हुँदैन उनीहरुमा पनि ?
तिमिहरुले सिकाएको कुसंस्कारको राजनीतिले भोली हाम्रो समाजलाई कहाँ पु¥याउला भन्ने सोँच्न धेरै ढिला भइसक्यो मेरो समाजका प्रीय मान्छेहरु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम